close

अब ह्वाट्सएप ग्रुपबाट सुटुक्क बाहिरिन मिल्ने  

टेकपाना टेकपाना

जेठ ३, २०७९ १८:५०

अब ह्वाट्सएप ग्रुपबाट सुटुक्क बाहिरिन मिल्ने  

काठमाडौं । यदि तपाईं ह्वाटसएप प्रयोगकर्ता हुनुहुन्छ भने कहिलेकाहीँ आफू अनावश्यक ग्रुपमा भएको पक्कै पनि महसुस गर्नुभएको होला । पारिवारिक, व्यावसायिक लगायत आफूलाई आवश्यक ग्रुपबाहेक केही ग्रुपमा बस्न तपाईं इच्छुक नहुन पनि सक्नुहुन्छ ।

फेरि मन नभएको ग्रुपबाट बाहिर निस्कन केही अवस्थामा समस्या हुन सक्छ । ग्रुप छोड्ने बेलामा आफ्नो नामसहित लेफ्ट दि ग्रुप भन्ने नोटिफिकेसन आउने भएकोले कतिपय ग्रुप चाहेर पनि छोड्न नसक्ने अवस्था हसन्छ ।

तपाईंलाई यो अवस्थाबाट बाहिर निकाल्नको लागि ह्वाट्सएपले नयाँ फिचर ल्याउदैँछ । ह्वाट्सएपमा अब कुनै ग्रुपबाट तपाईं बाहिरिदा ग्रुपका अन्य सदस्यहरूले थाहा पाउने छैनन् ।

नयाँ फिचर अनुसार ग्रुपबाट बाहिरिँदा ग्रुपको एडमिनलाई मात्र नोटिफिकेसन जानेछ । ‘डब्लूए बेटा इन्फो’ ले सार्वजनिक गरेको एक स्क्रिनशटमा ग्रुप लेफ्ट गर्दा लेफ्ट गर्ने व्यक्ति र ग्रुप एडमिनलाई मात्र थाहा हुने नोटिफिकेशन आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२