close

फ्री फायरले लगायो १९ लाख अकाउन्टमाथि प्रतिबन्ध

टेकपाना टेकपाना

जेठ २८, २०७९ ११:२७

फ्री फायरले लगायो १९ लाख अकाउन्टमाथि प्रतिबन्ध

काठमाडौँ । गरिना फ्री फायरले गेममा छेडछाड गरेको भन्दै दुई हप्ताभित्र करिब १९ लाख ३८ हजार अकाउन्ट माथि प्रतिबन्ध लगाएको छ । गरिनाले  प्रतिबन्ध लगाएका अकाउन्टमा धेरै फाइलमा परिवर्तन (कन्फिग) गरेका अकाउन्ट रहेका छन् ।

गरिनाले फाइलमा परिवर्तन गरेको भन्दै करिब १० लाख अकाउन्टमाथि प्रतिबन्ध लगाएको छ । त्यस्तै अटो-एम ह्याक प्रयोग गरेका कारण छ लाखभन्दा बढी अकाउन्ट प्रतिबन्धमा परेका छन् ।

यसैगरी एक लाख ५० हजारभन्दा धेरै अकाउन्ट टेलिपोर्ट ह्याक गरेका कारण प्रतिबन्ध लगाइएको छ । साथै अन्य कारण देखाउँदै एक लाखभन्दा धेरै अकाउन्टमाथि प्रतिबन्ध लगाइएको छ ।

गरिनाले यसै रिपोर्टमार्फत गेम ह्याक गरेर वा गेमको फाइलमा छेडछाड गरेर खेल्नेहरुसँग नखेल्न पनि सबै खेलाडीहरु सँग आग्रह गरेको छ ।

यसाे गर्दा गेम अनुशासित हुनुको साथै सबै खेलाडीको ब्याटल अनुभव सुरक्षित हुने गरिनाको विश्वास रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६