close

गण्डकीलाई डिजिटल प्रदेशको रुपमा अघि बढाइने

टेकपाना टेकपाना

असार १, २०७९ २०:६

गण्डकीलाई डिजिटल प्रदेशको रुपमा अघि बढाइने

काठमाडौं । गण्डकी प्रदेशले आफूलाई डिजिटल प्रदेशको रुपमा अघि बढाउने भएको छ ।

बुधबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै डिजिटल गण्डकी प्रदेशको अवधारणालाई अघि बढाएर विद्युतीय शासन प्रणालीलाई सार्वजनिक सेवा प्रवाहमा आवद्ध गराउने बताए ।

मन्त्री बरालले भरपर्दो, व्यवस्थित र विश्वसनीय प्रयोगका लागि प्रदेश सरकारको सूचनालाई एकद्वार प्रणालीमार्फत प्रवाह गरिने समेत बताए ।

त्यसका लागि सरकारको सूचना पोर्टल विकास गर्ने र स्थानीय तहसँग समन्वय गरी प्रदेशका हरेक नागरिकको विस्तृत तथ्य तथा तथ्याङ्क रहेको एकीकृत डेटावेस तयार गर्ने उल्लेख गरिएको छ ।

साथै प्रदेश सरकार गठन भएपश्चात सिर्जना भएका साविक संरचनाबाट हस्तान्तरण भएका सम्पूर्ण तथ्याङ्क तथा अभिलेखलाई विद्युतीय माध्यममा अभिलेखीकरण र व्यवस्थापन गर्ने कार्यकाे निरन्तरता दिइने समेत बजेटमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३