close

स्वास्थ्य क्षेत्रका समस्या पहिचान गर्न ह्याकाथन गर्दै बीपी प्रतिष्ठान

टेकपाना टेकपाना

असार १२, २०७९ १९:५

स्वास्थ्य क्षेत्रका समस्या पहिचान गर्न ह्याकाथन गर्दै बीपी प्रतिष्ठान

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘ह्याकाथन फर हेल्थ केयर’ आयोजना गर्ने भएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका सरल तर समाधान नभइरहेका समस्या पहिचानका लागि आगामी जुलाई ३० र ३१ मा काठमाडौंमा ह्याकाथन हुन लागेकाे हाे ।

स्थानीय स्तरमा देखिएका समस्यालाई उनीहरुबाटै संकलन गरी त्यसकाे समाधन खोज्न यो कार्यक्रम विशेष फलदायी हुने आयोजकको विश्वास छ । त्यसका लागि प्रतिष्ठानले स्थानीय स्तरमा देखिएका स्वास्थ्य सेवासँग सम्बन्धी समस्याका लागि सरोकारवालाबाटै आह्वान गरेको छ ।

त्यसका लागि प्रतिष्ठानको वेबसाइटमार्फत स्वास्थ क्षेत्रमा देखिएका समस्या टिपाउन आग्रह गरेको छ । आगामी जुलाईको पहिलो सातासम्म जो कोहीले समस्या पेस गर्न सक्नेछन् ।

त्यसरी समस्या प्रस्तुत गर्दा समस्याको प्रकृति तथा त्यसको सम्भावित समाधानका विषय खुलाउनुपर्ने जनाइएको छ । त्यसरी अनलाइनबाट प्राप्त चुनौतीहरूको अध्ययन गरी अन्तिम सूची प्रकाशन गरिने आयोजकले जनाएको छ ।

त्यसपछि उक्त समस्याको समाधनका लागि ह्याकाथनमार्फत सार्वजनिक रूपमा उपाय खोजिनेछ । कार्यक्रममा स्वास्थ्यकर्मी, नीति निर्माता, उद्यमी, विज्ञ, सफ्टवेयर डेभलपर, मेडिकल तथा इन्जिनियरिङ पढिरहेका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् ।

आयोजकका अनुसार सहभागीलाई संयुक्त राष्ट्रसंघअन्तर्गत तालिम तथा अनुसन्धान प्रतिष्ठानमार्फत ह्याकाथनसम्बन्धी एक दिने अनलाइन बुट क्याम्प आयोजना गरिने छ ।

यसले ह्याकाथनको प्रकृति प्रक्रिया आदिबारेमा सहभागीहरूलाई बुझ्न थप मद्दत गर्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३