close

देशभरका सरकारी वेबसाइट डाउन

टेकपाना टेकपाना

असार १५, २०७९ १७:२

देशभरका सरकारी वेबसाइट डाउन

काठमाडौं । देशभरका सरकारी वेबसाइट डाउन भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा होस्ट भएका सरकारी वेबसाइट बुधबार दिउँसोदेखि नचलेको पाइएको छ ।

केन्द्रका उपनिर्देशक रमेश पोखरेलले दिएको जानकारी अनुसार विद्युत अनियमित (इलेक्ट्रिसिटी फ्लक्चुएसन) हुँदा जेनेरेटरमा समस्या आएकाले सरकारी वेबसाइट नचलेका हुन् ।

समस्या पहिचान भइसकेकाे र समाधानका लागि काम भइरहेको समेत उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३