close

अमेरिकाबाट टिकटक हटाउने प्रस्तावपछि डेटा सुरक्षा बलियो बनाउने कम्पनीको प्रतिबद्धता 

टेकपाना टेकपाना

असार १९, २०७९ १२:३९

अमेरिकाबाट टिकटक हटाउने प्रस्तावपछि डेटा सुरक्षा बलियो बनाउने कम्पनीको प्रतिबद्धता 

काठमाडौं । अमेरिकी नियामक निकायले चिनियाँ भिडिओ प्लेटफर्म टिकटकलाई प्ले स्टोर र एप स्टोरबाट हटाउने प्रस्ताव राखेपछि कम्पनीले आफ्नो प्लेटफर्मको डेटा सुरक्षा थप काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ । 

गत हप्ता अमेरिकाको फेड्रल कम्युनिकेशन कमिसन (एफसीसी) ले यो प्लेटफर्ममा डेटा सुरक्षा बलियो नभएको भन्दै टिकटकलाई एप स्टोर र प्ले स्टोरबाट हटाउन एप्पल र गुगललाई आग्रह गरेको थियो । एफसीसीले अमेरिकी प्रयोगकर्ताको डेटा सुरक्षित नभएको भन्दै प्ले स्टोरबाट टिकटक हटाउन आग्रह गरेको हो । डेटा सुरक्षाको विषयलाई नै लिएर अमेरिकी संसदमा पनि टिकटक विरुद्ध आवाज उठेको थियो । 

शुक्रबार रोयटर्सलाई पत्र लेख्दै टिकटकको अभिभावक कम्पनी ‘बाइटडान्स’ ले आफूहरू अमेरिकी प्रयोगकर्ताको डेटालाई लिएर संवेदनशील रहेको र अमेरिकी सरकारको निर्देशन अनुरूप आफूहरूले काम गर्ने बताएको छ । यसको साथै अमेरिकी प्रयोगकर्ताको डेटाको सुरक्षाको लागि नै कम्पनीले ओराकल कर्प सँग सहकार्य गरिरहेको पनि पत्रमा उल्लेख छ । 

विश्वभर एक अर्ब भन्दा बढि प्रयोगकर्ता भएको टिकटक चिनियाँ भिडिओ प्लेटफर्म जहाँ १० मिनेट सम्मको भिडिओ अपलोड गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३