close

हार्मोनी ओएसमा नयाँ अपडेट, अब एउटै फोनमा दुई वायरलेस हेडफोन प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

साउन १८, २०७९ १२:४२

हार्मोनी ओएसमा नयाँ अपडेट, अब एउटै फोनमा दुई वायरलेस हेडफोन प्रयोग गर्न सकिने

काठमाडौं । ह्वावेले आफ्नो अपरेटिङ सिस्टम हार्मोनीको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले ह्वावे मेटप्याड प्रो ११ सँगै ह्वावे हार्मोनी ओएस थ्री पनि सार्वजनिक गरेको हो ।

हार्मोनी ओएस टुको तुलनामा हार्मोनी ओएस थ्रीमा धेरै काम एकैपल्ट गर्न मिल्ने (मल्टिटास्किङ) फिचरहरू समावेश गरिएको छ ।

साथै कम्पनीले नयाँ भर्सनको डिजाइनमा पनि परिवर्तन गरेको छ । मेटप्याड प्रो ११ बाहेक अन्य डिभाइसमा पनि चाँडै नै हार्मोनी ओएस थ्रीको अपडेट आउने बताइएको छ ।

यो नयाँ अपडेटले प्रयोगकर्ताको डिभाइस प्रयोगलाई थप सहज बनाएको छ । अर्थात् प्रयोगकर्ताले आफ्नो ह्वावे ट्याब्लेटमा कुनै काम गरेर छोडेको छ भने सो काम सोही अवस्थामा मोबाइलमा पनि प्राप्त गर्न सकिनेछ ।

यसको लागि वाई-फाई कनेक्सनको पनि आवश्यकता हुनेछैन । यी दुई डिभाइसहरू नजिकै भएको अवस्थामा एउटामा गरिरहेको काम अर्कोमा सहजै हेर्न तथा सम्पादन गर्न सकिन्छ ।

प्रयोगकर्ताले मोबाइलमा आएको मेसेज ट्याब्लेटमा हेर्ने, फोन उठाउन साथै मोबाइलको गेम ट्याब्लेटमा पनि खेल्न सक्नेछन् ।

यसका साथै अब हार्मोनीओएसका प्रयोगकर्ताले एउटा मोबाइल दुईओटा वायरलेस हेडफोनमा पनि कनेक्ट गर्न सक्नेछन् ।

यो नयाँ अपडेटसँगै अब प्रयोगकर्ताको डिभाइसमा कुन एपले कस्ता विवरणहरू प्रयोग गरिरहेका छन्, कस्ता विवरणहरू प्रयोग गर्न दिने वा नदिने लगायतका सुरक्षाका फिचरहरू पनि प्रयोग गर्न सक्नेछन् ।

हार्मोनी ओएसले ११ प्रतिशत ब्याट्री कम खपत गर्ने, ७ प्रतिशत छिटो एपहरू चल्ने तथा १८ प्रतिशत सहज युजर इन्टरफेस प्रदान गर्ने कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३