close

ट्वीटरमा सबैभन्दा धेरै गाली खाने खेलाडीमा रोनाल्डो

टेकपाना टेकपाना

साउन १८, २०७९ १४:५

ट्वीटरमा सबैभन्दा धेरै गाली खाने खेलाडीमा रोनाल्डो

काठमाडौं । पाेर्चुगिज फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो ट्वीटरमा सबैभन्दा धेरै दुर्व्यवहार भोग्ने खेलाडीमा परेका छन् । अफकम एनलाइसिस नामक एक संस्थाले गरेको अध्ययनले हालै याे तथ्य बाहिर ल्याएकाे हाे ।

इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा व्यावसायिक फुटबल खेलिरहेका राेनाल्डाेले ट्वीटरमा धेरै दुर्व्यवहार खेपेकाे साे अध्ययनले जनाएकाे छ ।

अध्ययनमा संकलन गरिएका २३ लाख ट्वीटमध्ये ६० हजार ट्वीट दुर्व्यवहारपूर्ण पाइएको थियो । छ महिनाको अवधिमा गरिएको अध्ययनअनुसार संकलित दुर्व्यवहारपूर्ण ट्वीटमध्ये १२,५२० ट्वीट रोनाल्डोको नामको छ ।

धेरै गाली खेलाडीकाे सूचीमा अर्का फुटबल खेलाडी ह्यारी मग्वार छन् । उनीमाथि ८,९५४ दुर्व्यवहारयुक्त ट्वीट भेटिएका छन् ।

दुर्व्यवहारपूर्ण ट्वीट खेप्ने खेलाडीहरूमा तेस्रो, चौंथौ, पाँचौं र छैठौंमा स्थानमा क्रमश: मार्कस र्‍यासफोर्ड (२,५५७ ट्वीट ), ब्रुनो फर्नान्डेज (२४६४ ट्वीट), ह्यारी केन (२,१२७) र फ्रेड (१,९२४) छन् ।

अध्ययन अवधिको समयलाई हेर्ने हो भने रोनाल्डो म्यानचेस्टर युनाइटेड क्लबमा पुनः आबद्ध भएको दिन (अगस्ट २१, २०२१) मा ट्वीटरमा अन्य सामान्य समयभन्दा तीन गुणा बढी ट्वीट भएकाे थियो ।

सो दिन १८८,७६९ ट्वीट पोस्ट भएका थिए, जसमध्ये ३,९६१ दुर्व्यवहारपूर्ण ट्वीट थिए ।

दोस्रो सबैभन्दा बढी ट्वीट भएको दिन नोभेम्बर ७ मा थियो । त्यो दिन म्यानचेस्टर युनाइटेड आफ्नै होमग्राउन्डमा म्यानचेस्टर सिटीबाट २-० गाेलले पराजित भएकाे थियाे ।

रिपोर्टअनुसार कम्तीमा पनि ६८ प्रतिशत खेलाडीहरू एकपटक दुर्व्यवहारपूर्ण ट्वीटको शिकार बनेका छन्, जब कि सात प्रतिशत खेलाडीले हरेक दिन यस्तो ट्वीटको सामना गरिरहेका हुन्छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३