close

पब्लिक कम्पनी बन्यो ब्रोडलिङ्क, चाँडै आईपीओ जारी गर्ने

टेकपाना टेकपाना

साउन १८, २०७९ १५:१४

पब्लिक कम्पनी बन्यो ब्रोडलिङ्क, चाँडै आईपीओ जारी गर्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक पब्लिक कम्पनीमा परिणत भएको छ । ब्रोडलिंकले कम्पनी रजिष्ट्रार कार्यालयबाट पब्लिक कम्पनीको रुपमा कारोबार गर्ने अनुमति पाएको हो ।

योसँगै कम्पनीले अबदेखि ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन लिमिटेडको रुपमा सेवा प्रवाह गर्नेछ ।

पब्लिक कम्पनीमा रूपान्तरण भएपछि आवश्यक मापदण्ड पुर्‍याएर चाँडै सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारी भइरहेकाे ब्रोडलिंकका उपप्रमुख कार्यकारी अधिकृत सुजन थापाले बताए ।

कम्पनी ऐन, २०६३ (संशाेधन, २०७४) अनुसार पाँच करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका दूरसञ्चार कम्पनीहरू पब्लिकमा जानुपर्ने व्यवस्था छ । सोही व्यवस्थाका आधारमा ब्रोडलिंकले आफ्नो संरचना परिवर्तन गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३