ट्रेन्डिङ:
फेसबुक र इन्स्टाग्रामपछि अब ह्वाट्सएप प्रोफाइलमा पनि अवतार राख्न सकिने निर्वाचनमा मतदान गर्न जाँदै हुनुहुन्छ ? बससेवाले ल्यायो सुनको असर्फी जित्ने अफर आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या ! लुम्बिनीमा गुड्न थाले विद्युतीय गाडी, दशैं अवधिभर निःशुल्क यात्रा गर्न सकिने एफवान सफ्टको स्ट्राटेजी डाइरेक्टरमा श्रेष्ठ नियुक्त गोपनीयता भंग गरेको भन्दै टिकटकलाई झन्डै ४ अर्ब जरिवाना आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या ! निर्वाचन आचारसंहिता भोलिदेखि, सामाजिक सञ्जालमा यी काम गर्न निषेध अनलाइनमा यसरी आफैं बनाउनुहोस् आकर्षक शुभकामना कार्ड ‘अरे ! सफ्टवेयर पनि कसैले किनेर चलाउँछ भन्थे’
close

फेसबुक र इन्स्टाग्रामपछि अब ह्वाट्सएप प्रोफाइलमा पनि अवतार राख्न सकिने

टेकपाना टेकपाना

साउन ३०, २०७९

फेसबुक र इन्स्टाग्रामपछि अब ह्वाट्सएप प्रोफाइलमा पनि अवतार राख्न सकिने

काठमाडौं । ह्वाट्सएप प्रयोगकर्ताले अब आफ्नो प्रोफाइलमा ‘अवतार’ बनाउनसक्ने भएका छन् ।

फेसबुकको प्रोफाइल तथा कभर फोटोमा अवतार राख्ने सुविधा दिएको मेटाले सोही फिचर अब ह्वाट्सएपमा पनि उपलब्ध गराउने भएको हो ।

ह्वाट्सएपको बेटा भर्सनबारे जानकारी दिने संस्था वाबेटाइन्फोका अनुसार फेसबुक र इन्स्टाग्राममा जस्तै आवश्यकता अनुसार परिमार्जन गरी आफ्नो अवतार बनाएर ह्वाट्सएपको प्रोफाइलमा राख्न सकिने छ ।

यसका साथै उक्त अवतारको ब्याकग्राउण्डमा कस्तो रंग राख्ने भन्ने विषयमा पनि प्रयोगकर्ता आफैँले छनोट गर्न सक्नेछन् ।

यो फिचर कहिलेबाट प्रयोगकर्तामाझ उपलब्ध हुनेछ भन्ने विषयमा भने कुनै जानकारी उपलब्ध छैन ।

यसअघि कम्पनीले अनलाइन स्टेटस लुकाउने, ह्वाट्सएपमा ग्रुपबाट अरुको जानकारीबिनै सुटुक्क बाहिरिन सकिने तथा कुनै मेसेजकाे स्क्रिनशट लिन नमिल्नेजस्ता फिचर उपलब्ध थियो ।