close

आजदेखि दराज मल फेस्ट सुरु, सामान खरिदमा विशेष छुट पाइने

टेकपाना टेकपाना

साउन ३०, २०७९

आजदेखि दराज मल फेस्ट सुरु, सामान खरिदमा विशेष छुट पाइने

काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म दराजले आजदेखि ‘दराज मल फेस्ट २०२२’ सुरू गरेको छ ।

भदौ ५ गतेसम्म सञ्चालन हुने यो अनलाइन शपिङ मलमा विभिन्न ब्राण्डका उत्पादन खरिदमा विशेष छुट र विभिन्न अफर ल्याइएको कम्पनीले जनाएको छ ।

यसअन्तर्गत मुख्य विशेषतामा एड टु कार्ट एन्ड विन, रु. ७००० सम्मको भाउचरहरू, ब्रान्ड अफ द डे, फ्ल्याश सेल, शेक शेक, वाल अफ फेमलगायत छन् ।

कम्पनीका अनुसार यो अवसरमा सोनी, सामसङ, गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्नका साथै ५०० भन्दा बढी विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन विशेष छुटसहित खरिद गर्न सकिनेछ ।

यसका लागि विभिन्न बैंकका डेबिट र क्रेडिट कार्डबाट प्रि-पेमेन्ट गर्दा छुट पाउने व्यवस्था गरिएकाे छ ।

कम्पनीका अनुसार मंगलबार ग्लोबल आईएमई बैंकबाट क्रेडिट कार्ड भुक्तानी गर्दा १५ प्रतिशत (७५० रुपैयाँसम्मको छुट) र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत (५०० रुपैयाँसम्म) छुट पाइनेछ ।

त्यस्तै बिहीबार मेगा बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत (५०० रुपैयाँसम्म) छुट पाउन सकिनेछ ।

त्यस्तै शुक्रबार नबिल बैंकबाट डेबिट क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम ५०० रुपैयाँसम्म) र शनिबार स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिट क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम ५०० रुपैयाँ) पाइनेछ ।

त्यस्तै ‘ब्रान्ड अफ द डे’ जस्ता अफरहरूले ग्राहकहरूलाई उनीहरूको मनपर्ने ब्रान्डहरूमा थप छुटहरू प्राप्त गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

अभियान अवधिभर प्रत्येक दिन एउटा चयन गरिएको दराज मल ब्रान्डले आफ्ना उत्पादनहरूमा विशेष छुट दिनेछ । उदाहरणका लागि, आमायरा फेसन हाउसले आफ्ना सबै उत्पादनहरूमा ६० प्रतिशतसम्म छुट दिनेछ ।

त्यस्तै एर्कले आफ्ना सबै उत्पादनहरूमा १० प्रतिशतसम्म छुट र फ्यानटेकले अभियानका क्रममा आफ्ना उत्पादनहरूमा ५५ प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ ।

त्यस्तै ‘एड टु कार्ट एण्ड विन’ याेजनाले ग्राहकहरूलाई आफ्नो कार्टमा आफ्ना मनपर्ने दराज मल उत्पादनहरू थपेर अभियानभर हरेक दिन भाउचर जित्ने मौका प्रदान गर्ने जनाइएको छ ।

साथै, दराजका नयाँ प्रयोगकर्ताहरूले पहिलो अर्डरमा रु. २०० को भाउचर प्राप्त गर्न सक्नेछन् भने दराज गेम्स, दराज लाइभ र सेलर भाउचर मार्फत थप छुट पनि पाउनेछन् ।