ट्रेन्डिङ:
‘टिकटक आतङ्क’ बढेपछि नेपालका यी धार्मिक स्थलमा भिडिओ खिच्न प्रतिबन्ध आईटी विद्यार्थीलाई जापानी कम्पनीमा इन्टर्नशिप गर्ने मौका रूस-युक्रेन युद्धमा ड्रोनको प्रयोग बढेपछि चिनियाँ कम्पनीले बन्द गर्‍यो उत्पादन बिटक्वाइनलाई मुद्राको मान्यता दिँदै रूस सामसङका पुराना फोनमा ब्याट्री फुल्ने दर तीव्र ललितपुरका यी स्थानमा थपिँदै छन् स्मार्ट सडक बत्ति साओमीले ट्याब्लेट सार्वजनिक गर्नै लाग्दा आईप्याडलाई तनाव ? सामसङका पुराना फोनमा ब्याट्री फुल्ने दर तीव्र प्ले स्टोरमा नयाँ अपडेट, अब स्मार्टफोनबाटै अन्य डिभाइसका लागि एप डाउनलोड गर्न सकिने सामसङका पुराना फोनमा ब्याट्री फुल्ने दर तीव्र
close

‘टिकटक आतङ्क’ बढेपछि नेपालका यी धार्मिक स्थलमा भिडिओ खिच्न प्रतिबन्ध

टेकपाना टेकपाना

भदौ १, २०७९

‘टिकटक आतङ्क’ बढेपछि नेपालका यी धार्मिक स्थलमा भिडिओ खिच्न प्रतिबन्ध

काठमाडौं । पछिल्लो समय विश्वभर इन्टरनेट सेवा विस्तार भइरहेकाे छ । इन्टरनेटकाे पहुँच बढ्दा विशेषगरी सामाजिक सञ्जाल प्रयोगकर्ताकाे संख्या तीव्र रूपमा बढिरहेकाे छ ।

एक रिपाेर्टअनुसार नेपालमा पनि कोभिड महामारीपछि टिकटक लगायत अन्य विभिन्न सामाजिक सञ्जाल प्रयोग गर्ने प्रयोगकर्ता बढेका छन् । सामाजिक सञ्जालका तमाम सकारात्मक तथा नकारात्मक पक्ष रहेका छन् ।

यसरी सामाजिक सञ्जालका प्रयोगकर्ताको सङ्ख्या बढेसँगै त्यसले विकराल रूप लिन थालेपछि नेपालका प्रमुख धार्मिक स्थलहरूमा टिकटक भिडिओ बनाउन तथा फोटो खिच्न प्रतिबन्ध नै लगाइएको छ ।

पछिल्लो समय प्रायः धार्मिक स्थानहरूमा ‘नो टिकटक’ वा ‘टिकटक प्रतिबन्ध’ लेखेको साइनबोर्ड देख्न सकिन्छ । कतिपय ठाउँमा ‘छोटो-भिडिओ’ बनाउने टिकटकरलाई टाढा राख्नका लागि सुरक्षा तैनाथ गरिएकाे छ ।

त्यस्तै केही ठाउँमा सीसी क्यामेरा जडान गरिएका छन् भने केही ठाउँमा डोरीले घेरेर टिकटक भिडिओ बनाउन प्रतिबन्ध लगाइएकाे छ ।

केही समयअघि ‘टिकटक आतङ्क’ किसानको बारीमा समेत फैलिएको थियो । कोभिड महामारी सुरु हुँदै गर्दा राजधानीको विभिन्न बाटोमा लगाइएका छाता जसलाई ‘स्ट्रिट अम्रेला’ भनिएको थियो, त्यसमा बनाइएका भिडिओ पनि टिकटकमा भाइरल भए ।

त्यस्ता ठाउँमा टिकटक बनाउन मानिसहरूको भीड बढ्न थालेपछि बन्द गर्नुपर्ने अवस्था आएको थियो ।

कुनै राम्रो ठाउँ टिकटकमा भाइरल भयो भने अरू मानिसहरू गएर त्यो ठाउँमा टिकटक बनाएर ‘आतङ्क’ मच्चाउने प्रवृत्ति माैलाएकाे छ ।

टिकटक, युट्युबजस्ता माध्यमबाट विभिन्न ठाउँको प्रवर्द्धन भएका पनि तमाम उदाहरण छन् । देशको विकट भूगोलमा भएका सुन्दर ठाउँबारे मानिसहरूले जान्ने मौका मिलेका छन् । त्यसका सकारात्मक पक्ष हुँदाहुँदै पनि मानिसहरूले गलत तरिकाले प्रयोग गरिरहेका छन् ।

टेकपानासँग कुरा गर्दै लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले भने, “लुम्बिनी एउटा विश्वभरका धर्मावलम्बी दर्शन गर्न आउने ठाउँ हो । टिकटकका माध्यमबाट मानिसहरूले अश्लीलता प्रदर्शन गर्न थाले, पर्यटकलाई डिस्टर्ब गर्न, उनीहरूलाई असहज मसहुस गराउन थालेपछि समितिले टिकटक बनाउन प्रतिबन्ध लगाउने निर्णय लिइएको हो ।”

लुम्बिनीलाई शान्तिको प्रतीक मानिन्छ । त्यहाँ पुगेपछि विभिन्न देशबाट भ्रमणमा आएका पर्यटक एक अर्कासँग बोल्न पनि हिचकिचाउँछन् । कतिपय दर्शनार्थी ध्यान गरिरहेका हुन्छन् ।

टिकटक बनाउनेहरूले ठूलो आवाजमा सङ्गीत बजाएर टिकटक बनाउँदा ध्यान गर्नेहरूको ध्यान भङ्ग हुने गरेको उनले बताए । त्यस्तो ठाउँमा टिकटकरले अश्लीलता फैलाउन थालेपछि टिकटक प्रतिबन्ध लगाउनु परेको राईको भनाइ छ ।

टिकटक बनाउनेले ठूलो आवाजमा सङ्गीत बजाएर नृत्य गर्दा त्यसले बगैँचाको सौन्दर्यता बिगारेको, आगन्तुकलाई असहज महसुस गराएको, त्यस ठाउँप्रतिको महत्त्व घटाएको उनी बताउँछन् ।

यसरी सम्पूर्ण रूपमा नकारात्मक असर परेपछि लुम्बिनी क्षेत्र आसपासमा टिकटक भिडिओ बनाउन प्रतिबन्ध लगाइएको छ ।

लुम्बिनी बाहेक नेपालका प्रमुख धार्मिक स्थलहरू जस्तै काठमाडाैंकाे पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तुपा, जनकपुरकाे जानकी मन्दिर, बाराकाे गढिमाई मन्दिर लगायत विभिन्न धार्मिक स्थलमा टिकटक भिडिओ बनाउन राेक लगाइएको छ ।