close

थाहा पाउनुहोस्, आज सार्वजनिक हुने आईफोन १४ सिरिजका मुख्य फिचर

टेकपाना टेकपाना

भदौ २२, २०७९ १७:४०

थाहा पाउनुहोस्, आज सार्वजनिक हुने आईफोन १४ सिरिजका मुख्य फिचर

काठमाडौं । एप्पलले आज आईफोनको नयाँ सिरिज आईफोन १४ सार्वजनिक गर्दैछ । फोन सार्वजनिक भएको केही दिनपछि मात्र फोन बजारमा उपलब्ध हुनेगर्छ ।

आईफोन १४ सिरिजमा उपलब्ध नयाँ फिचरहरू, स्क्रिनमा भएको परिवर्तन, डिजाइन परिवर्तन र क्यामेरा अपग्रेडजस्ता कुराको बारेमा यहाँ जानकारी दिँदै छौं ।

आईफोन १४ सिरिजमा कुन-कुन मोडेल सार्वजनिक हुँदै छन् ?

एप्पलले २०२१ को आईफोन १३ सिरिजमा जुन-जुन मोडेल ल्याएको थियो, त्यस्तै यस वर्ष पनि उही मोडेल सार्वजनिक गर्ने चर्चा छ ।

आईफोनले सार्वजनिक गर्ने नयाँ सिरिजको नाम आईफोन १४ रहनेछ । यसअन्तर्गत आईफोन १४, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स सार्वजनिक हुने बताइएको छ ।

तर, ६.७ इन्चको नन-प्रो आईफोन मोडेलको नाम के रहने भन्ने कुरा अहिलेसम्म प्रष्ट छैन ।

पहिलेका मोडेलसँग तुलना गर्ने हो भने उक्त मोडेलको नाम आईफोन १४ म्याक्स हुनसक्ने अपेक्षा गरिएको छ ।

त्यस्तै कतिपय प्रतिवेदनमा उक्त मोडेलको नाम आईफोन १४ प्लस रहने उल्लेख गरिएको छ ।

कम्पनीले वास्तविक रूपमा कुन फोन सार्वजनिक गर्दै छ भन्ने कुरा आज हुने लाइभ इभेन्टमार्फत हेर्न सकिनेछ ।

आईफोन १४ मा नच समावेश नहुने

आईफोन १४ मा भएको सबैभन्दा ठूलो परिवर्तन भनेको त्यसमा नच समावेश नहुनु हो । नच भन्नाले डिस्प्लेको माथि क्यामेरा कटआउटमा स्पिकर, क्यामेरा र सेन्सर रहेको हुन्छ ।

एप्पलले पहिलो पटक आईफोन एक्समा नच समावेश गरेको थियो । उक्त नचमा फेस आईडी पहिचान गर्नका लागि प्रोक्सिमिटी सेन्सर समावेश गरेको हुन्छ ।

एन्ड्रोइड फोनको सन्दर्भमा भने प्रायः क्यामेरा भएको ठाउँमा मात्र नच समावेश हुने गर्छ । नयाँ मोडेलमा एप्पलले त्यसैगरी क्यामेराको भागमा मात्र कटआउट गर्ने बताइएको छ ।

आईफोनको नचमा समावेश भएका प्रविधिहरू

  • इन्फारेड क्यामेरा
  • फ्लुड इल्युमिनेटर
  • प्रोक्सिमिटी सेन्सर
  • एम्बियन्ट लाइट सेन्सर
  • स्पिकर
  • माइक्रोफोन
  • सेल्फी क्यामेरा
  • डट प्रोजेक्टर
  • आईफोन १४ प्रो मा हुने ‘अलवेज-अन डिस्प्ले’

आईफोन १४ प्रोमा भएको डिस्प्ले प्रविधिको कुरा गर्नुपर्दा एप्पलले यस वर्ष ‘अलवेज-अन डिस्प्ले’को विकल्प समावेश गरेको छ ।

कम्पनीले आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा ‘अलवेज-अन डिस्प्ले’ समावेश गर्ने बताइएको छ, जसका माध्यमबाट प्रयोगकर्ताले फोन अफ हुँदा पनि आवश्यक नोटिफिकेसन हेर्न सक्छन् ।

आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स मोडेलमा किन ‘अलवेज-अन डिस्प्ले’ नभएको होला भन्ने लाग्न सक्छ । यसको प्रमुख कारण हो, एप्पलले आईफोन १४ प्रो मोडेललाई ‘प्रो-मोसन डिस्प्ले प्रविधि’मा अपडेट गर्नु ।

यस प्रविधिले डिस्प्लेको रिफ्रेस रेट १ हर्जसम्म पुर्‍याउन सक्छ । पहिलेको प्रो-मोसन डिस्प्लेले न्यूनतम १० हर्ज रिफ्रेस रेट कायम गर्न सक्थ्यो ।

त्यस्तै आईफोन १४ प्रो मोडेलले निकै कम रिफ्रेस रेट सपोर्ट गर्छ, जसले गर्दा ब्याट्री लामो समयसम्म टिकिरहन्छ । एप्पलको स्मार्टवाचमा पनि ‘अलवेज-अन डिस्प्ले’को विकल्प हुने गर्छ ।

आईपोन १४ मा अपडेटेड क्यामेरा हुने

आईफोन १४ मा उपलब्ध हुने क्यामेरामा थुप्रै सुधारका काम भएको बताइएको छ ।

सेल्फी क्यामेरामा समावेश भएको अटो-फोकस फिचर नै अहिलेसम्म आएकामध्ये सबैभन्दा ठूलो परिवर्तन हो ।

क्यामेरामा समावेश भएको अटो फोकस फिचरले क्यामेराको पर्फमेन्सलाई नै सुधारेको बताइएको छ ।

त्यस्तै आईफोन १४ मोडेलका फोनमा हुने सेल्फी क्यामेरामा १.९ अपार्डरको फोकल लेन्थ हुने अपेक्षा गरिएको छ, जसले क्यामेरामा थप प्रकाश प्रवेश गराउँछ ।

त्यस्तै आईफोन १४ सिरिजमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा १२ मेगापिक्सेलको रेजाेलुसन हुने चर्चा छ ।

क्यामेराको ठूलो आकार हुने

आईफोनको पछाडिको क्यामेराको भाग प्रायः उठेको हुन्छ । कतिपय प्रतिवेदनमा आईफोन १४ मा क्यामेराको भाग उठेको नहुने बताइएको थियो ।

तर, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा क्यामेराको भाग पहिलेको भन्दा बढेको हुनेछ ।

आईफोन १४ लाइटनिङ पोर्ट भएको अन्तिम फोन हुने

आईफोन १४ सिरिज लाइटिनिङ पोर्ट हुने अन्तिम मोडेल हुनेछ । एप्पलले आईफोन डिभाइसका लागि लाइटनिङ पोर्ट उपलब्ध गराउँदै आएको थियो ।

विभिन्न मुलुकमा यूएसबी टाइप-सी पोर्ट अनिवार्य बनाउन थालेपछि आईफोन १४ लाइटिनिङ पोर्ट हुने अन्तिम मोडेल हुने बताइएको छ ।

आईफोन १४ को पर्फमेन्सका लागि भएको मुख्य परिवर्तन

एप्पलले आईफोन १४ को प्रो मोडेल र नन-प्रो मोडेलमा रणनीतिक परिवर्तन ल्याउने भएको छ । एप्पलले आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा नयाँ प्रोसेसर समावेश गर्ने अपेक्षा गरिएको छ ।

यी दुई मोडेलमा ए१६ बायोनिक चिप हुनेछ भने आईफोन १४ र १४ म्याक्समा ए१५ चिप नै समावेश हुने बताइएको छ, जसले गर्दा आईफोन १४ को प्रो मोडेलको पर्फमेन्स अन्य मोडेलको तुलनामा बढी हुनेछ ।

आईफोन १४ को कलर भेरियन्ट

आईफोन १३ को तुलनामा आईफोन १४ केही फरक कलरमा उपलब्ध हुने अपेक्षा गरिएकाे छ ।

आईफोन १४ र आईफोन १४ म्याक्स हरियो, गुलाबी, बैजनी, कालो, सेतो र रातो कलर भेरियन्टमा उपलब्ध हुनेछ ।

आईफोन १३ विशेषगरी रातो, स्टारलाइट, मिडलाइट, निलो तथा गुलाबी रङ्गमा उपलब्ध थियो । यस वर्ष एप्पलले गुलाबी कलरको अप्सन नल्याउने चर्चा छ ।

त्यसैगरी आईफोन १४ प्रो र १४ प्रो म्याक्स हरियो, बैजनी, ग्रेफाइट, सिल्भर र गोल्डेन कलरमा उपलब्ध हुनेछ ।

स्याटलाइट कनेक्टिभिटी

आईफोन १४ सिरिजले स्याटलाइट नेटवर्कसमेत सर्पोट गर्ने जानकारी बाहिरिएको छ । यसको अर्थ फोरजी, फाइभजीजस्ता सेलुलर नेटवर्कले काम नगर्ने स्थानमा स्याटलाइट नेटवर्कले काम गर्नेछ ।

यसले नेपालजस्तो भौगोलिक रुपमा विकट देशहरूमा गाउँ-गाउँसम्म फोन तथा इन्टरनेट सेवा सहजै उपलब्ध हुनेछ ।

त्यो भन्दा यो फिचर प्राकृतिक विपत्‌को समयमा सबैभन्दा बढी प्रभावकारी हुने अनुमान गरिएको छ ।

प्राकृतिक प्रकाेपले दूरसञ्चार पूर्वाधारमा क्षति पुग्दा स्याटलाइट कनेक्सनमार्फत सम्पर्क स्थापित गर्न सकिन्छ ।

साथै कतै घुम्न गएको अवस्थामा हराउँदा अथवा नेटवर्क नभएर हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न यो फिचर निकै फलदायी हुने अनुमान गरिएको छ ।

आईफोन १४ मा भएका अन्य फिचर

  • ३० वाटको फास्ट चार्जिङ
  • सबै मोडेलमा ६ जीबी र्‍याम
  • म्यागसेभ म्याग्नेटमा सुधार

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३