close

चिनियाँ एआई र सुपरकम्प्युटर माथि प्रतिबन्ध लगाउँदै अमेरिका

टेकपाना टेकपाना

असोज १९, २०७९ ७:४२

चिनियाँ एआई र सुपरकम्प्युटर माथि प्रतिबन्ध लगाउँदै अमेरिका

काठमाडौं । अमेरिकाले चीनका कम्प्युटिङ प्रविधिहरूमाथि थप प्रतिबन्ध गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार परिष्कृत हतियार र निगरानी प्रणालीहरू उत्पादन गर्ने बेइजिङको क्षमतालाई कम गर्ने लक्ष्य अमेरिकाले लिएको छ। यसको लागि अमेरिकाले नयाँ नियमहरू छिट्टै नै घोषणा गर्ने तयारी गरिरहेको छ ।

नयाँ नीतिले अमेरिकीमा तयार भएका प्रविधि चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावेलाई बेच्नबाट रोक्ने छ । सँगै राष्ट्रपति बाइडेनले थप चिनियाँ कम्पनीहरू, सरकारी अनुसन्धान प्रयोगशाला र अन्य संस्थाहरूमा यस्तो प्रतिबन्ध लागू गर्ने अपेक्षा गरिएको छ।

त्यसपछि विश्वभरका कम्पनी तथा लक्षित संस्थाहरूलाई अमेरिकीमा निर्मित कुनै पनि प्रविधि बेच्न प्रतिबन्ध लगाइनेछ। अबको नयाँ नियमले अमेरिकी कम्पनीले चिनियाँ सुपरकम्प्युटिङ र डाटा सेन्टरहरूलाई अमेरिकी माइक्रोचिपको निर्यात गर्न पाउने छैनन् ।

नयाँ अमेरिकी प्रतिबन्ध लागू गरिएको खण्डमा सुपर कम्प्युटर र डाटा सेन्टरहरू निर्माण गर्ने चीनको क्षमतालाई रोक्ने अमेरिकाको या नै सबैभन्दा ठूलो प्रयास हुने अनुमान गरिएको छ।

पछिल्लो अध्यावधिक: असोज १९, २०७९ ७:४६