close

नयाँ आईफोनमा यसरी ट्रान्सफर गर्नुहोस् पुरानो एन्ड्रोइड फोनको डेटा

टेकपाना टेकपाना

असोज २०, २०७९ ७:३९

नयाँ आईफोनमा यसरी ट्रान्सफर गर्नुहोस् पुरानो एन्ड्रोइड फोनको डेटा

काठमाडौं । एप्पलले हालसालै आईफोन फोर्टिन सिरिजका स्मार्टफोन बजारमा ल्याएको छ  । जसमा आईफोन फोर्टिन, आईफोन फोर्टिन प्लस, आईफोन फोर्टिन प्रो र आईफोन फोर्टिन प्रो म्याक्स रहेका छन् । नयाँ आईफोन फोर्टिन सिरिजमा कयौँ नयाँ फिचर दिइएका छन्, जसमा शक्तिशाली क्यामेरा सेटअप, कस्टमाइज होम स्क्रिन विजेट र डाइनामिक आइल्याण्ड नोच लगायतका छन् ।

यी सबै फिचर र अन्य कतिपय कुराहरूले गर्दा तपाईँ आफ्नो पुरानो फोनबाट आईफोन फोर्टिनमा अपग्रेड हुने विषयमा सोच्दै हुनुहुन्छ होला । त्यसैले आज हामी तपाईँलाई कुनै पुरानो एन्ड्रोइड फोनबाट नयाँ आईफोनमा डेटा ट्रान्सफर गर्ने प्रकृयाको बारेमा बताउँदै छौँ ।

यसका लागि सबैभन्दा पहिला आफ्नो पुरानो एन्ड्रोइड फोनमा मुभ टु आईओएस (Move to IOS) एप डाउनलोड गरी इन्स्टल गर्नुहोस् । त्यस्तै नयाँ आईफोन र आफ्नो पुरानो एन्ड्रोइड फोनलाई पाव प्लगमा जोड्नुहोस् । 

पुरानो एन्ड्रोइडबाट नयाँ आईफोनमा डेटा ट्रान्सफर गर्ने तरिकाः 

  • आफ्नो नयाँ आईफोनलाई अन गर्नुहोस् र त्यसलाई पुरानो एन्ड्रोइड फोन नजिकै राख्नुहोस् । 

  • क्विक स्टार्ट स्क्रिनमा सेटअप म्यानुअल्ली लेखिएको स्थानमा थिच्नुहोस्, त्यसपछि अनस्क्रिन निर्देशिकालाई चरणवद्ध रूपमा पच्छ्याउनु होस् । 

  • एप र डेटा स्क्रिनमा हेर्नुहोस् अनि एन्ड्रोइडबाट मुभ डेटामा दबाउनुहोस् ।

  • आफ्नो एन्ड्रोइड फोनमा मुभ टु आईओएस एप डाउनलोड गर्नुहोस् ।

  • त्यसपछि कन्टिन्यु अप्सनमा थिच्नुहोस् र त्यहाँ देखिने नियम तथा निर्देशिका पढ्नुहोस् र कन्टिन्युका लागि अग्रीममा दबाउनुहोस् ।

  • आफ्नो आईफोनमा एन्ड्रोइड स्क्रिनबाट मुभ देखिएको स्थानमा कन्टिन्युमा ट्याप गर्नुहोस् । 

  • यति गरिसकेपछि १० अङ्क वा छ अङ्कको कोड पर्खिनुहोस् । 

  • एन्ड्रोइडमा प्राप्त भएको कोड राख्नु होस् । 

  • तपाईँको आईफोनले एउटा अस्थायी वाईफाई नेटवर्क बनाउनेछ  । सोधिएको खण्डमा एन्ड्रोइड फोनमा उक्त नेटवर्कमा कनेक्ट गराउनुहोस् । त्यसपछि ट्रान्सफर डेटा स्क्रिनको पर्खाईमा बस्नुहोस् । 

  • आफ्नो एन्ड्रोइड फोनमा त्यस्ता सामग्रीहरू चयन गर्नुहोस्, जसलाई तपाईँ नयाँ आईफोनमा ट्रान्सफर गर्न चाहनुहुन्छ । त्यसपछि कन्टिन्युमा थिच्नु भयो भने दुवै डिभाइसलाई तबसम्म यत्तिकै छोड्नुहोस्, जबसम्म तपाईँको आईफोनमा लोडिङ बार समाप्त हुँदैन । 

  • आफ्नो आईफोमा लोडिङ बार समाप्त भएपछि आफ्नो एन्ड्रोइड फोनमा डनमा ट्याप गर्नुहोस् । 

  • त्यसपछि आफ्नो आईओएस फोनमा कन्टिन्युमा दबाएर सेटअप सम्पन्न गर्नुका लागि स्क्रिनमा देखिने चरणहरू अनुरूप अगाडि बढ्दै जानुहोस्  ।

पछिल्लो अध्यावधिक: असोज २०, २०७९ १४:४१