close

नेयमारसँग सहकार्य गर्दै पब्जी

टेकपाना टेकपाना

कात्तिक २२, २०७९ १९:२३

नेयमारसँग सहकार्य गर्दै पब्जी

काठमाडौँ । चर्चित अनलाइन गेम पब्जीले ब्राजिलियन फुटबल खेलाडी नेयमारसँग सहकार्यको घोषणा गरेको छ । एक ट्वीट गर्दै पब्जीले यसबारे जानकारी दिएको हो ।

यो सहकार्यसँग सम्बन्धित अपडेट पब्जीको २०.२ को अपडेटपछि गेममा देख्न सकिने छ, जुन नोभेम्बर ९ मा पीसी र नोभेम्बर १७ मा कन्सोलमा आउँदै छ ।

नयाँ अपडेटपछि खेलाडीले गेममा फुटबलसँग सम्बन्धित इभेन्ट, पोस्टर तथा सामग्रीहरु देख्न पाउनेछन् ।

नेयमारले गेमिङ कम्पनीसँग गरेको यो पहिलो साझेदारी भने होइन । यसअघि उनले  पेस, फोर्टनाइट जस्ता गेमसँग सहकार्य गरिसकेका छन् ।

पब्जीले पनि फुटबलको विश्वकपभन्दा अगाडि फुटबल खेलाडीसँग गरेको यो दोस्रो सहकार्य हो । ​केही साताअघि मात्र उसले अर्का फुटबलर मेस्सीसँग सहकार्य गर्ने घोषणा गरेकाे थियाे ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०७९ १९:२३