close

स्काईवर्थको विश्वकप अफर; क्यूएलईडी प्लस टिभीमा ३३ प्रतिशतसम्म क्याशब्याक

टेकपाना टेकपाना

कात्तिक ३०, २०७९ १७:२१

स्काईवर्थको विश्वकप अफर; क्यूएलईडी प्लस टिभीमा ३३ प्रतिशतसम्म क्याशब्याक

काठमाडौं । चिनियाँ कम्पनी स्काईवर्थले फुटबल विश्वकपको स्किम सहित नेपाली बजारमा आफ्नो नयाँ उत्पादन क्युएलईडी प्लस गुगल टिभी सार्वजनिक गरेको छ ।

कम्पनीले मंसिर ४ गतेबाट सुरु हुने फिफा विश्वकप २०२२ लाई लक्षित गर्दै 'स्काइवर्थ बिगर स्क्रिन, बिगर ड्रिम' स्किम ल्याएको छ । यस स्किम अन्तर्गत उपभोक्ताहरूले स्काइवर्थ ब्रान्डको टेलिभिजन खरिदमा ३३ प्रतिशतसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् । 

यो स्किम मंसिर ३० गतेसम्म लागु हुने कम्पनीको भनाई छ । एसयुई ९५०० सिरिज ५५, ६५ र ७५ इन्चमा उपलब्ध छ ।

एसयुई ९५०० सिरिजको यो मोडल नेपालका लागि स्काईवर्थको आधिकारिक विक्रेता केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट अप्लायन्सेजले भित्र्याएको हो । यो टिभीमा आफ्नो अनुकुलता अनुसार सामग्री तथा दृश्यलाई कस्टमाइज गर्न सकिने कम्पनीले जनाएको छ । क्युएलइडि प्रो डुअल पिक्चर क्वालिटी इन्ह्यान्सर सहितको यो टिभीमा उपलब्ध १.०७ अर्ब रंगको स्तरले ग्राहकको भिजुअल अनुभव उत्कृष्ट बनाउने कम्पनीको दाबी छ । 

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०७९ १७:२१