close

‘वनएक्स बेट’ लगायतका अनलाइन बेटिङ साइटमाथि नेपालमा प्रतिबन्ध

टेकपाना टेकपाना

मंसिर १३, २०७९ १९:१३

‘वनएक्स बेट’ लगायतका अनलाइन बेटिङ साइटमाथि नेपालमा प्रतिबन्ध

काठमाडौं । सरकारले अन्ततः नेपालमा अनलाइन सट्टेबाजी गराउने वन एक्स बेट लगायतका वेबसाइटमाथि प्रतिबन्ध लगाएको छ । कतारमा जारी फिफा विश्वकप २०२२ चलिरहँदा अनलाइनमार्फत हुने सट्टेबाजी बढेसँगै नियामक नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा इन्टरनेट सेवाप्रदायकले यस्तो प्रतिबन्ध लगाएका हुन् । 

यससँगै मङ्गलबार बिहानसम्म नेपालमा निर्वाध किसिमले चलिरहेको वनएक्स बेट वेबसाइट दिउँसोबाट खुल्न छोडेको छ । सो साइट सर्च गर्दा खुल्ने पेजमा भनिएको छ,  "तपाईँले ब्राउज तथा एक्सेस गर्न खोज्नु भएको वेबसाइटमा मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानूनले बन्देज लगाएको सामग्रीहरू रहेकोले, साथै नियमअनुसार नेपालमा दर्ता एवम् सूचीकरण निकाय नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार त्यस्ता सामग्रीमाथिको पहुँचमा रोक लगाइएको छ ।"

त्यसो त नियामक प्राधिकरणले अनलाइन बेटिङ साइटमाथि गत वर्षको चैतबाटै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, त्यसका बावजुत वन एक्स बेट जस्ता अनलाइन सट्टेबाजी हुने लोकप्रिय वेबसाइटहरू निर्वाध रुपमा सञ्चालनमा रहेका थिए । वन एक्स बेटको प्रयोग मात्र नभएर पछिल्लो समय नेपालमा यसको प्रवर्द्धनले समेत व्यापकता पाएको छ । 

 

 

पछिल्लो अध्यावधिक: मंसिर १३, २०७९ १९:१४