close

पत्रकार किशोर नेपालका सबै सामाजिक सञ्जाल अकाउन्ट ह्याक, फोन नम्बर समेत ‘ब्लक’

टेकपाना टेकपाना

मंसिर १४, २०७९ १६:२३

पत्रकार किशोर नेपालका सबै सामाजिक सञ्जाल अकाउन्ट ह्याक, फोन नम्बर समेत ‘ब्लक’

काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालका सबै सामाजिक सञ्जाल अकाउन्ट ह्याक गरिएको छ भने फोन नम्बर समेत बन्द भएको छ । अज्ञात किसिमले नेपालमाथि इन्टरनेट र दूरसञ्चार सेवाबाट बञ्चित गरिएको बताइएको छ । 

नेपालले फेसबुक, ट्वीटर इन्स्टाग्राम, ईमेल र फोन नम्बर समेत बन्द गरिएको नेपाल पत्रकार महासङ्घले विज्ञप्तिमार्फत जनाएको छ । नेपालका अनुसार विगत डेढ महिना अघिदेखि क्रमिक रूपमा उनले प्रयोग गर्ने सामाजिक सञ्जाल र फोन नम्बर बन्द गराउने काम भएको हो ।

यसबारे साइबर ब्यूरोमा उजुरी दिँदा समेत सुनुवाइ नभएको उनको गुनासो छ । महासङ्घका अनुसार नेपालले ब्यूरोमा मौखिक र लिखित दुवै रुपमा उजुरी दिएका थिए । 

सामाजिक सञ्जाल र फोन समेत ह्याक गरी बन्द गराउँदा पनि सरकारले कुनै चासो नदेखाएको उनको भनाई छ । यो समस्या गत कात्तिक ६ गतेदेखि सुरु भएको थियो । पत्रकार नेपालको मोबाइल नम्बर भने हालै मात्र बन्द भएको हो । उनीमाथि भएको यो आक्रमण प्रति महासङ्घले आपत्ति जनाएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर १६, २०७९ १५:२७