close

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै क्लासिक टेक

टेकपाना टेकपाना

पुस ६, २०७९ १२:३८

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै क्लासिक टेक

काठमाडौं । इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक क्लासिक टेक अब पब्लिक लिमिटेड  कम्पनी बन्ने भएकाे छ । पब्लिक कम्पनीमा जानका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जानकारी दिएको  छ । 

याेसँगै कम्पनीले सर्वसाधारणहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्नेछ । ​सन् २००९ मा स्थापना भएको क्लासिक टेकले हालसम्म ७४ जिल्लाका १०६ आउटलेट तथा शाखाबाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ ।

आउने दिनमा कम्पनीले अन्य विभिन्न स्थानमा पनि आफ्नो सेवा विस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । यससँगै कम्पनीले नेपालभर रहेका शाखा कार्यालयमा दुई हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै आएको छ ।

यसअघि अन्य इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क र भायानेट पनि पब्लिक लिमिटेडमा गइसकेका छन् ।

पछिल्लो अध्यावधिक: पुस ६, २०७९ १४:५५