close

जलवायु परिवर्तन कम गर्न फेसबुकमा सीएसआईसी फिचर

टेकपाना टेकपाना

भदौ ३०, २०७७ २१:१४

जलवायु परिवर्तन कम गर्न फेसबुकमा सीएसआईसी फिचर

काठमाडौं । फेसबुकले जलवायु परिवर्तनलाई कम गर्न मद्दत पुर्‍याउने उद्देश्यका साथ ‘क्लाइमेट साइन्स इन्फरमेसन सेन्टर’ सञ्चालन ल्याउने भएको छ । फेसबुकको माथि उपलब्ध हुने यो फिचरमा जलवायुसँग सम्बन्धित काम गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त जानकारी उपलब्ध गराउने उल्लेख छ ।

यसबारे फेसबुकका सीईओ मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन् । उनले भनेका छन्, ‘अमेरिकामा भएको आगजनी, दक्षिण सुडानमा र दक्षिण एसियामा भइरहेको बाढी पहिरोले जलवायु परिवर्तन भइरहेको छ भन्ने दर्शाउँछ ।’

‘त्यसैले क्लाइमेट साइन्स इन्फरमेसन सेन्टरको सुरुवात गर्न लागिएको हो । जसमार्फत विभिन्न संस्थाले गरेको अध्ययन र जलवायु परिवर्तनलाई रोक्न हरेकले आफ्नो तर्फबाट गर्न सक्ने सहयोग लगायतका जानकारी उपलब्ध हुनेछन् ।’

तामक्रमलाई १.५ डिग्री सेल्सियस भन्दा बढ्न नदिन र सन् २०५० सम्म उत्सर्जनलाई शून्यमा झार्न पेरिसमा भएको सम्झौतालाई सहयोग पुर्‍याउने उद्देश्यका साथ फेसबुकले यसको सुरुवात गरेको हो ।

त्यसको सुरुवात फेसबुक ग्लोबलमा उत्सर्जन शून्यमा झार्ने काम यही २०२० भित्र सम्पन्न हुनेछ । अन्य देशहरुमा रहेका कार्यालयमा सन् २०३० सम्म यो काम हुनेछ ।

यो यात्रामा सबैको सहकार्य आवश्यक पर्ने भएकाले फेसबुकले चालेको यो कदम त्यसका लागि केही सहयोगी हुनेछ भन्ने अपेक्षा गरिएको जुकरबर्गले व्यक्त गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०