काठमाडौं । बजारमा नेपाल टेलिकम, एनसेल र स्मार्ट सेल गरी तीन वटा कम्पनीले मोबाइल सेवा दिइरहेका छन् । भ्वाइस तथा डेटामा सबैको आ–आफ्नै दर–रेट छ ।
नियमित दर–रेट भन्दा सस्तोमा डेटा र भ्वाइस प्रयोग गर्न सकिने गरी कम्पनीहरुले ग्राहकका लागि नयाँ–नयाँ प्याकेज तथा अफरहरु ल्याइरहेका हुन्छन् । तर, पनि त्यसको विषयमा पूर्ण जानकारी नहुँदा हामी प्याकेज नलिएरै महंगोमा सेवा उपभोग गरिरहेका हुन्छौं ।
जसको प्रतिफल कल तथा डेटामा अनावश्यक रुपमा ठूलो खर्च भइरहेको हुन्छ । सामान्यतया मोबाइल सेवाप्रदायकहरुको भ्वाइस र डेटामा दुई प्रकारको सर्भिस मोडल छ ।
एउटा ‘पे एज यु गो’ अर्थात जति भ्वाइस तथा डेटा प्रयोग गर्यो त्यति नै रकम तिर्नुपर्ने । अर्को ‘प्याक मोडल’, प्रयोगकर्ताले निश्चित शूल्क तिरेर प्याक किन्नुपाउने ।
दुवै मोडलका आआफ्नै फाइदा बेफाइदा छन् । प्याक मोडलमा प्रयोग गरे पनि नगरे पनि निश्चित अवधिमा पैसा सकिएर जान्छ ।
तर, यसमा ‘पे एज यु गो’ मोडलको तुलनामा सेवा निकै सस्तो पर्न जान्छ । यदि तपाईं नियमित र धेरै फोन वा डेटा प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि प्याक मोडल नै उपयुक्त हुन्छ ।
एनसेलको डेटा प्याक ‘पे एज यु गो’ र ‘डेटा प्याक’ गरी दुवै मोडलमा उपलब्ध छ । ‘पे एज यु गो’ मोडलमा एनसेलको डेटा प्रयोग गर्दा प्रति एमबी दुई रुपैयाँ पर्न जान्छ । तर, प्याक खरिद गरी प्रयोग गर्दा प्रति एमबी दुई-तीन पैसामै चलाउन सकिन्छ ।
यदि तपाईं मोबाइलमा धेरै डेटा प्रयोग गर्नुहुन्छ भने प्याक लिएर सेवा प्रयोग गर्नु नै तपाईंका लागि उपयुक्त हुनेछ । तपाईंले कम्पनीको मोबाइल एप, वेबसाइट, मोबाइल वालेट अथवा मोबाइलबाट सोझै *17123# डायल गरी एनसेल विभिन्न डेटा प्याकहरु रोजेर लिन सक्नुहुन्छ ।
झट्ट हेर्दा प्रति एमबी सस्तो देखिए पनि यदि प्याक खरिद गरेर सम्पूर्ण रुपमा खपत गर्न सक्नु भएन भने चाहिँ तपाईंलाई प्याक लिएको डेटा महंगो पर्न सक्छ । त्यसैले आफ्नो लागि उपयुक्त डेटा प्याक रोज्नु अघि आफ्नो आवश्यकता र प्रयोगको विषयमा राम्रोसँग सोच्नुहोस् ।
आज हामी तपाईं एनसेलले उपलब्ध गराइरहेका विभिन्न डेटा प्याकहरु मध्ये तपाईंका लागि कुन उपयुक्त हुन सक्छ र प्रति एमबी सबैभन्दा सस्तो प्याक कुन छ भन्ने विषयमा बताउँदै छौं ।
एक घण्टे प्याक
एनसेलमा २२ रुपैयाँमा एक घण्टासम्म अनलिमिटेड इन्टरनेट चलाउन सकिन्छ ।
अलटाइम डेटा प्याक
एनसेलको यो प्याक अन्तर्गत एक दिनदेखि ३० दिन समयावधि रहेका विभिन्न प्याकेजहरु उपलब्ध छन् । जसअन्तर्गत तपाईंले प्रति एमबी २.६६ पैसामा मोबाइल डेटा चलाउन सकिन्छ ।
अवधि
भोलुम
मूल्य
दर (प्रति एमबी)
१ दिन
१५० एमबी
१८
१२
३ दिन
८०० एमबी
४२
५.२५
७ दिन
१.५ जीबी
९८
६.५
१४ दिन
२ जीबी
१३९
६.९५
३० दिन
३.५ जीबी
२४९
७.१
३० दिन
६ जीबी
३९९
६.६५
३० दिन
१० जीबी
४९९
४.९९
३० दिन
३० जीबी (प्रति दिन १ जीबी)
७९९
२.६६
अल्वेज अन
एनसेलको अल्वेज अन प्याकेज अन्तर्गत दुई वटा विकल्प छन् । जसमा प्रति एमबी २.५३ पैसा मै डेटा चलाउन सकिन्छ । तर यसमा उपलब्ध बढी जसो डेटा राति ११ बजेदेखि बिहान ११ बजेसम्म प्रयोग गर्नुपर्ने हुन्छ भने बाँकी डेटा जुनसुकै बेला प्रयोग गर्न सकिन्छ ।
अवधि
अलटाइम भोलुम
राति ११-बिहान ११ सम्म
मूल्य
दर प्रति एमबी
१ दिन
२५६ एमबी
७६८ एमबी
२६
२.५३
३ दिन
४०० एमबी
१२०० एमबी
४७
२.९४
फोरजी डेटा प्याक
एनसेलले फोरजी डेटा प्याकमा दुई वटा विकल्प छन् । एक दिन र तीन दिन समय अवधिका यी डेटा प्याक तपाईंलाई प्रति एमबीको रुपमा केही महंगो पर्नेछन् ।
अवधि
अलटाइम
फोरजी
मूल्य
प्रति एमबी पैसा
१ दिन
४० एमबी
४० एमबी
१२
१५
३ दिन
१२० एमबी
१२० एमबी
३७
१५.४१
नन स्टप फोरजी
पछिल्लो समय निकै लोकप्रिय रहेको एनसेलको नन स्टप फोरजी प्याकमा सस्तो डेटासँगै अनलिमिटेड युट्युव, फेसबुक र टिकटक प्रयोग गर्न सकिन्छ । यसमा अनलिमिटेड सेवामात्र होइन डेटा समेत प्रति एमबी ३.१७ पैसा मात्र पर्न आउँछ ।
युट्युव, फेसबुक र टिकटकमा असीमित रमाउन र पर्याप्त डेटा सहिको यो प्याक सबैभन्दा उपयुक्त हुन सक्छ ।
अवधि
अनलिमिटेड
प्लस
मूल्य रु
दर प्रति एमबी
७ दिन
युट्युव र फेसबुक
४ जीबी
१९१
४.७७
७ दिन
युट्युव
४ जीबी
१२७
३.१५
३० दिन
युट्युव
६ जीबी
४५९
७.६५
१ दिन
फेसबुक
३१
७ दिन
फेसबुक
४ जीबी
१२७
३.१७
३० दिन
फेसबुक
६ जीबी
४५९
७.६५
१ दिन
टिकटक
३१
७ दिन
टिकटक
४ जीबी
१२७
३.१७
३० दिन
टिकटक
६ जीबी
४५९
७.६५
मेरो प्लान
यस अन्तर्गतको प्याकेज लिँदा त्यसको अवधि अथवा भोलुम समाप्त भएलगत्तै स्वतः त्यही प्याकेज नवीकरण हुने गर्दछ । यो प्याकेज अन्तर्गत तपाईंले प्रति एमबी ३ पैसासम्म सस्तोमा मोबाइल डेटा प्रयोग गर्न सक्नुहुन्छ ।
अवधि
डेटा
मूल्य रु
दर प्रति एमबी
७ दिन
२ जीबी
९५
४.७५
७ दिन
ननस्टप युट्युव प्लस ४ जीबी
१२७
३.१७
१५ दिन
२ जीबी
१४७
७.३५
३० दिन
३ जीबी
२५४
८.४७
३० दिन
६ जीबी
३८१
६.३५
३० दिन
१५ जीबी
६३७
४.२४
३० दिन
३० जीबी
९८०
३.२७
३० दिन
४० जीबी
११९९
३
न्यु प्लान
एनसेलको न्यु प्लान खासगरी थोरै डेटा प्रयोग गर्ने तर भ्यालिडिटी बढी चाहनेहरुलाई लक्षित गर्दै ल्याइएको हो । यसमा प्रति एमबी १३.२ पैसामा मोबाइल डेटा प्रयोग गर्न सकिने विकल्पहरु छन् ।