close

त्रिवि बीआईटीका शिक्षकलाई अनलाइनबाटै अभिमूखिकरण तालिम

टेकपाना टेकपाना

असार ३, २०७८ १३:५६

त्रिवि बीआईटीका शिक्षकलाई अनलाइनबाटै अभिमूखिकरण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागले बीआईटी (ब्याचलर इन इन्फरमेसन टेक्नोलोजी) का शिक्षकहरुलाई अनलाइनबाटै अभिमूखिकरण तालिम दिन थालेको छ । विभागले बीआईटी कार्यक्रम सञ्चालनमा रहेका नौ वटै आंगिक क्याम्पसका शिक्षकहरुलाई लक्षित गर्दै यो कार्यक्रम ल्याएको हो ।

अभिमूखिकरण कार्यक्रममा अमृत क्याम्पस, भक्तपुर क्याम्पस, पाटन क्याम्पस, सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका शिक्षकहरु सहभागी छन् । त्यस्तै भैरहवा बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस चितवन, महेन्द्र मोरङ क्याम्पस विराटनगर र केन्द्रीय प्रविधि क्याम्पस धरानका समेत करिब डेढ सय शिक्षकलाई अनलाइन अभिमुखीकरण लक्षित गरिएको हो ।

बिहीबार बिहान ९ बजेदेखि सुरु भएको अभिमूखिकार्यक्रम दुई दिनसम्म चल्नेछ । जसमा बीआईटी प्रथम, द्वितीय र त्रितिय सेमेस्टरका शिक्षकहरुलाई पढाउनुपर्ने पाठ्यक्रम लगायतको विषयमा जानकारी गराइने विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागका प्रमुख नवराज पौडेलले जानकारी दिए  ।

दुई वर्ष अघि सुरु भएको यो नयाँ शैक्षिक कार्यक्रम हाल त्रिभुवन विश्वविद्यालयका नौ वटा आंगिक क्याम्पसमा मात्र सञ्चालनमा रहेको छ ।  चार वर्षे यो कार्यक्रममा हाल ६ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१