काठमाडौं । अब राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र लगायतका सेवा दुई शिफ्टमा उपलब्ध हुने भएको छ ।
सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
“राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमति पत्र लगायतका सेवा सहज रूपमा उपलब्ध गराउन आवश्यकता अनुसार दुई सिफ्टमा सेवा प्रदान गरिने व्यवस्था मिलाइने छ,” उनले भने ।