close

बर्दियाका नवराज अधिकारीलाई दूरसञ्चार प्राधिकरण बोर्डमा नियुक्त गर्ने सरकारको निर्णय

टेकपाना टेकपाना

असार १२, २०८० १८:४२

बर्दियाका नवराज अधिकारीलाई दूरसञ्चार प्राधिकरण बोर्डमा नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । बर्दियाका नवराज अधिकारीलाई सरकारले  नियामक नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पद नियुक्त गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उनलाई पाँच वर्षका लागि प्राधिकरण बोर्डमा नियुक्ति दिएको हो । 

नेपालको दूरसञ्चार तथा इन्टरनेट सेवाको नियमन गर्ने नियकायको रूपमा रहेको प्राधिकरणमा अध्यक्षसहित पाँच जना रहने व्यवस्था छ । जसमध्ये खाली रहेको बजार व्यवस्थापन सदस्यमा नियुक्तिका लागि पाँच जनाको आवेदन परेको छ ।

त्यसका लागि राजापुर ५ बर्दियाका अधिकारी सहित भीमेश्वर नगरपालिका २ दोलखाका उपेन्द्रकुमार प्रधान, काठमाडौं महानगरपालिका ९ का इन्द्रमणि पोखरेल, पटिहानी ४ चितवनका विश्वप्रकाश गौतम र देउरी परवाहा २ धनुषाका दीपेन्द्रकुमार मिश्रको आवेदन परेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पदपूर्ति सिफारिस समितिले आवेदकहरू मध्येबाट प्रतिस्पर्धाका आधारमा तीन जनाको नाम शर्टलिस्ट गरी नियुक्तिका लागि मन्त्रिपरिषद्‌मा सिफारिस गरेको थियो । जसमध्ये अधिकारीलाई नियुक्त गरिएको हो । 

व्यवस्थापन, अर्थशास्त्र, जनप्रशासन विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा सात वर्ष काम गरेका व्यक्ति मध्येबाट मन्त्रालयले उक्त पदमा नियक्तिका लागि आवेदन माग गरेको थियो । 

पछिल्लो अध्यावधिक: असार १२, २०८० १८:४३