close

६ हजार रुपैयाँमा यसरी तयार भएको थियो स्माइली ईमोजी

टेकपाना टेकपाना

असार १६, २०८० २१:०

६ हजार रुपैयाँमा यसरी तयार भएको थियो स्माइली ईमोजी

काठमाडौं । पहेँलो गोलो घेरा, त्यसभित्र दुई ओटा अण्डाकार आँखा र हाँसेको जस्तो अर्धगोलाकार मुख भएको ईमोजी खुसीको सङ्केतका रूपमा व्यापक प्रयोग हुन्छ । यस्तो खुसीको भाव प्रकट गर्न प्रयोग हुने स्माइली ईमोजीको कथा तपाईं हामीले सोचे जस्तो खुसीले भरिएको भने छैन । आज हामी स्माइली ईमोजीसँग जोडिएका विभिन्न विषयमा चर्चा गर्दैछौं । 

कसले डिजाइन गरेका थिए स्माइली ईमोजी ?

अमेरिकाको म्यासाचुसेट्स राज्यको वर्सेस्टर सहरमा रहेको  स्टेट म्युचल लाइफ एसुरेन्स कम्पनी यस्तो तस्बिर बनाउन खोजिरहेको थियो जसले आफ्ना कर्मचारीको मनोबल बढाउनका सकोस् । त्यसका लागि उक्त कम्पनीले त्यसबेलाका चर्चित डिजाइनर हार्भी बललाई सन् १९६३ मा एउटा तस्वीर बनाउनका लागि हायर गर्‍यो ।

हार्भीले कलम लिए र १० मिनेटमै एउटा तस्वीर बनाए । त्यस तस्वीमा त्यति विशेष कुराहरू केही थिएनन् । तर, उनले बनाएको गोलो रेखाभित्र अण्डाकार आँखा र हाँसेको जस्तो अनुहार देखिने तस्वीर धेरैले रुचाए । हार्भीले सो तस्वीर बनाउन कम्पनीबाट ४५ अमेरिकी डलर लिएका थिए । 

हार्भीले डिजाइन गरेपछि कम्पनीले उक्त फोटो सबैभन्दा पहिले पोस्टरमा प्रिन्ट गर्‍यो र आफ्ना कर्मचारीहरूलाई दियो । यस्ता तस्वीर कर्मचारीलाई दिँदा उनीहरूको मुहार उज्यालो हुने र मनोवल बढ्ने कमपनीको विश्वास थियो । त्यस लगतै उक्त हाँसिरहेको जस्तो देखिने तस्वीर विस्तारै चर्चित हुँदै गयो ।

पछि मानिसहरू सोही तस्बीरको डिजाइनलाई ग्रिटिङ कार्ड, चिठी, टिसर्ट आदिमा प्रिन्ट गरेर प्रयोग गर्न थाले । यसरी १० मिनेटमा तयार पारेको हार्भीको सो डिजाइन विश्वचर्चित बन्यो । तर, रोचक कुरा त के छ भने विश्वभर चर्चित बनेको उक्त स्माइली आइकनको ट्रेडमार्क न हार्भीसँग छ न त इन्सुरेन्स कम्पनीसँग नै । 

स्माइली आइकनको कपिटाइट विवाद

स्माइली फेस डिजाइन वास्तविकतामा कसको हो भन्ने कुराले धेरै ठूलो विवाद निम्त्याएको थियो । सन् १९७० को दशकमा हलमार्कका मालिक बर्नर्ड स्पेन र मुर्रा स्पेन (Murray) ले स्माइलीको आइकन राखेर ‘ह्याभ अ ह्याप्पी डे’ स्लोगन राखी त्यसको कपिराइट लिए ।

ती दुई दाजुभाइले पाँच करोड स्माइली बटन र अन्य थुप्रै प्रडक्टक्हरू बिक्री गरे । उनीहरूको मुख्य उद्देश्य नै ती प्रडक्ट बिकर्ी गरेर नफा कमाउनु थियो । ती दुई भाइहरू विस्तारै आफ्नो क्षेत्रमा चर्चित हुँदै थिए  । उनीहरूको चर्चासँगै सन् १९७१ मा ह्वाट्स माई लाइन नामक टेलिभिजन कार्यक्रममा बोलाइयो । उनीहरूले उक्त स्माइली आइकन हार्भीले बनाएको थाहा पाउँदा पाउँदै पनि त्यसको श्रेय उनीहरूले लिए । 

त्यही वर्ष फ्रेन्च पत्रकार फ्र्याङ्कलिन लौफ्रनीले ‘द स्माइली कम्पनी’ सार्वजनिक गरे । त्यस्तो यस्तो कम्पनी हो, जसले स्माइली आइकनको सर्वाधिकार लिएको छ । त्यस्तै सन् २००६ मा वालमार्टले उक्त स्माइली आइकनको कपिराइट लिन खोजेको थियो ।

तर, द स्माइली कम्पनीसँगको मुद्दा हारेपछि वालमार्टले कपिराइट लिन सकेन । द स्माइली कम्पनी यस्तो कम्पनी हो, जसले विश्वका १०० भन्दा बढी देशमा स्माइली आइकनको कपिराइट लिएको छ । 

सन् २००१ मा हार्भी बलका छोरा चार्ली बलले आफ्नो बाबुको सिर्जनालाई जोगाउन वर्ल्ड स्माइली फाउन्डेसन सञ्चालन गरे । यो यस्तो कम्पनी हो, जो साना तथा तल्ला तहका परोपकारी कार्यमा केन्द्रित छ । 

“हार्भी बल हामी प्रत्येक मानिसँग यस संसारमा सकारात्मक परिवर्तन ल्याउन सक्ने क्षमता छ भन्ने विश्वास गर्थे । उनले त्यही विश्वासमा आफ्नो जीवन बिताए पनि,” वर्ल्ड स्माइल फाउन्डेसनको वेबसाइटमा लेखिएको छ, “संसारलाई सुधार गर्ने कुनै पनि प्रयास, चाहे त्यो जतिसुकै किन नहोस् भन्ने उनलाई थाहा थियो ।”

जे होस् खुसी बनाउनका लागि तयार पारिएको स्माइली आइकन आफ्नो वास्तविक सर्जक को हो भन्नेमा अहिले पनि लागिपरेको छ ।

पछिल्लो अध्यावधिक: असार १६, २०८० २१:०