close

बिगमार्टमा नेपालपे क्यूआर स्क्यान गरी सामान किन्दा हिरो स्कुटर जित्ने मौका

टेकपाना टेकपाना

फागुन २०, २०८० १८:४२

बिगमार्टमा नेपालपे क्यूआर स्क्यान गरी सामान किन्दा हिरो स्कुटर जित्ने मौका

काठमाडौं । नेपालपे क्यूआर स्क्यान गरी बिगमार्टको पोखरामा हालै खोलिएका पाँच ओटा स्टोरहरूमा भुक्तानी गर्ने ग्राहकले हिरो स्कुटर जित्न सक्ने भएका छन् ।

उक्त अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पर्स्याङ स्टोरहरुमा फागुन १९ गतेदेखि चैत १७ उपलब्ध रहेको छ । पोखरामा रहेका बिगमार्टका स्टोरहरुमा रु. ७५० भन्दा माथिको सामान खरिद गर्दा स्टोरमा रहेको नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ ।

ग्राहकहरुले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्रायजसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी क्यूआर भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०८० १८:४४