टेकपाना
चैत ३, २०८० १५:२२
काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले व्यावसायिक इन्जिनियर प्रमाणपत्रको नवीकरण गर्न आह्वान गरेको छ ।
व्यावसायिक इन्जिनियर वर्गमा दर्ता भई पाँच वर्ष पुगेका इन्जिनियरहरूलाई नवीकरण गर्न परिषद्ले सूचना जारी गरेको हो ।
सूचना अनुसार १५ चैतभित्र नवीकरण गरिसक्नु पर्नेछ ।
यसका लागि आवेदकले तोकिए बमोजिमको ढाँचामा र नवीकरण शुल्क १० हजार सहितको बैंक भौचर सहित परिषद्मा निवेदन बुझाउनु पर्नेछ ।
पछिल्लो अध्यावधिक: चैत ३, २०८० १५:२२