close

यसकारण ढुक्कले प्रयोग गर्नुहोस् क्रोमको पासवर्ड मेनेजर

टेकपाना टेकपाना

चैत १४, २०८० १३:५०

यसकारण ढुक्कले प्रयोग गर्नुहोस् क्रोमको पासवर्ड मेनेजर

काठमाडौं । इन्टरनेटमा ब्राउजरकै पासवर्ड मेनेजर प्रयोग गर्नु त्यति सुरक्षित नभएको भन्ने भनाइ तमाम छन् । त्यसमा पनि सुरक्षाबारे जानकार व्यक्तिहरू सबैभन्दा बढी प्रयोग हुने क्रोम ब्राउजरकै पासवर्ड मेनेजरमाथि शंका व्यक्त गर्छन् । उनीहरू त्यस्ता पासवर्ड मेनेजर कसैले प्रयोग नगरोस् भन्ने चाहन्छन् । 

विश्लेषक तथा साइबर सुरक्षा अनुसन्धानकर्ताले गुगल पासवर्ड मेनेजरमाथि शंका व्यक्त गर्ने कारणहरू थुप्रै छन् । त्यसमध्ये गुगलले जेरो-नलेज इन्क्रिप्सन फिचर उपलब्ध नगराउनु एउटा कारण हो । पासवर्ड मेनेजर सामान्य भएको विश्लेषकहरूको तर्क छ । त्यसबाहेक कसैले कम्प्युटर वा सिस्टममा अनधिकृत पहुँच पाए तपाईंको पासवर्ड सहजै लिन सक्छन् ।

यसका विरुद्ध गुगलसँग उपयुक्त सुरक्षा प्रणालीको अभाव भएको बताइएको छ । त्यसबाहेक गुगल पासवर्ड मेनेजर एउटै इकोसिस्टममा गुम्सिएको हुन्छ । आपतकालीन अवस्थामा तपाईंले पासवर्ड मेनेजरको कन्ट्रोल अर्को अकाउन्टमा ट्रान्सफर गर्न पनि सक्नुहुन्न । 

यी र यस्तै अन्य गुनासो बढी आउने भएकाले विश्लेषकहरूले प्रयोगकर्तालाई निर्धक्क प्रयोग गर्न सुझाव दिन सकेका छैनन् । यद्यपि गुगलले आफ्नो प्रणालीलाई दिनानुदिन स्तरीय बनाउँदै गएको छ । विशेषगरी तपाईंले कमजोर वा पहिले अरू कसैले प्रयोग गरेको पासवर्ड राख्नुभएको छ भने त्यस्तो पासवर्ड नराख्न सुझाव दिएको हुन्छ ।

त्यसो भए कत्तिको सुरक्षित छ त गुगल पासवर्ड मेनेजर ?

यदि तपाईं पासवर्ड व्यवस्थापन गर्न क्रोम प्रयोग गरिरहनु भएको छ भने बुझ्नुस् तपा‌‌ईं अनलाइन सुरक्षाको सन्दर्भमा एक तह माथि पुगिसक्नु भयो । ढिलै भए पनि गुगलले पासवर्ड मेनेजरलाई स्तरीय र भरपर्दो बनाउँदै लगेको छ । तपाईं विन्डोज ओएस प्रयोग गर्नुहुन्छ भने ‘विन्डोज हेलो’ मा मात्र पासवर्डमा पहुँच पाउने बनाउन सक्नुहुन्छ ।

यो फिचर अन गर्नुभयो भने तपाईंले क्रोममा भएको पासवर्डमा पहुँच पाउन बायोमेट्रिक वा पिन भेरिफाइ गर्नुपर्ने हुन्छ । विशेषगरी कुनै फर्म भर्नुपर्नेछ वा युजरनेम र पासवर्ड राख्नुपर्ने छ भने उक्त सिस्टममा सो व्यक्ति तपाईं नै हो भन्ने प्रमाणित गर्नुपर्ने हुन्छ । 

गुगलले प्रयोगकर्ताको पासवर्डमा अरू कसैको पहुँच नहोस् भनेर कमजोर, पुनः प्रयोग गरिएको वा लिक भएको पासवर्ड जाँच गरिरहेको हुन्छ । यदि प्रयोगकर्ताले त्यस्ता पासवर्ड राखे सतर्क गराउँछ । यस्ता पासवर्ड तपाईंले गुगल फेमिली ग्रुपमा शेयर गर्न सक्नुहुन्छ । र, त्यो पासवर्ड जुनसुकै समयमा एक्सपोर्ट गर्न सक्नुहुन्छ । 

यसको अर्थ तपाईंले आफूले चाहेको समयमा आफ्ना पासवर्डहरू सुरक्षित पासवर्ड मेनेजरमा राख्न सक्नुहुन्छ । त्यसका लागि सबैभन्दा पहिले तपाईंले आफ्नो पासवर्ड विशेष किसिमको फाइल फर्म्याट (CSV) मा सङ्कलन गर्नुपर्ने हुन्छ । त्यसपछि त्यही फाइललाई नयाँ पासवर्ड मेनेजरमा राख्न सक्नुहुन्छ । यस्तो गर्दा तपाईंको पासवर्ड झनै सुरक्षित हुन्छ । त्यसपछि त्यही पासवर्डको फाइल तपाईं नयाँ पासवर्ड मेनेजरमा सार्न सक्नुहुन्छ । 

यसरी एउटा पासवर्ड मेनेजरको पासवर्ड छुट्टै पासवर्ड मेनेजरमा सार्ने तरिका राम्रो हो । तपाईंले आफूले बाहेक अरू कसैले थाहा नपाउने गरी पासवर्ड राख्नु भनेको निकै सुरक्षित तरिका हो ।

यदि तपाईंलाई केही भयो भने तपाईंको परिवारलाई पनि त्यस्ता पावसवर्डमा पहुँच पाउन सजिलो हुन्छ । यदि केही गरी तपाईंको गुगल अकाउन्ट ह्याक भयो वा गल्तीले ब्लक भयो भने तपाईंले आफ्ना सबै अकाउन्टको पहुँच गुमाउनु हुन्न । किनभने तपाईंका सबै पासवर्ड तपाईंकै पहुँचमा हुन्छन् ।

तपाईंले माथि भनिएका तरिका अपनाउनुअघि कडा पासवर्ड राख्न नबिर्सिनुहोस् । र, त्यस्ता युजरनेम तथा पासवर्ड सुरक्षित तरिकाले प्रयोग गर्नुहोस् । गुगल अकाउन्टमा पहुँच पाउनु भनेको तपाईंको हरेक अकाउन्टमा पहुँच पाउनु सरह हो । किनभने अधिकांश अनलाइन अकाउन्टमा गुगल अकाउन्ट जोडिएको हुन्छ ।

त्यसका लागि गुगल अकाउन्टमा पनि कडा पासवर्ड राख्नुका साथै मल्टि फ्याक्टर अथेन्टिकेसन अन गर्नुहोस् वा पासकि राख्नुहोस् । यदि तपाईंले आफ्नो गुगलको बास्केटमा आफ्ना सबै डिजिटल अण्डा राख्नुभएको छ भने त्यसबाट कसैलाई ती अन्डा टिप्न नदिनुहोस् ।

पछिल्लो अध्यावधिक: चैत १४, २०८० १३:५०