close

लुम्बिनी प्रदेशमा ६ वैशाखदेखि ‘ईड्राइभ नेपाल’ को राइड शेयरिङ सेवा, राइडरको दर्ता प्रक्रिया सुरु

टेकपाना टेकपाना

चैत २९, २०८० १५:२०

लुम्बिनी प्रदेशमा ६ वैशाखदेखि ‘ईड्राइभ नेपाल’ को राइड शेयरिङ सेवा, राइडरको दर्ता प्रक्रिया सुरु

भैरहवा । ईड्राइभ नेपालले आउँदो ६ वैशाखदेखि लुम्बिनी प्रदेशमा राइड शेयरिङ सेवा सञ्चालन गर्ने भएको छ । बिहीवार तिलाेत्तमामा पत्रकार सम्मेलन गर्दै कम्पनीले लुम्बिनीमा पहिलो पटक यस्तो सेवा दिन लागेको जानकारी दियो ।

ईड्राइभ लुम्बिनीसँगको सहकार्यमा सञ्चालन हुने यस सेवामार्फत अनलाइन माध्यमबाट टयाक्सी र मोटरसाइकल बुक गर्न सकिनेछ । इच्छुक राइडरका लागि कम्पनीले बिहीवारदेखि नै दर्ता प्रक्रिया सुरु गरेको छ ।

राइडरले निःशुल्क दर्ता गर्नसक्ने र राइडबापत न्यूनतम कमिसन लिइने ईड्राइभ लुम्बिनी प्रालिका अध्यक्ष राजकुमार गुप्ताले बताए । साथै कम्पनीले राइड प्रोभाइडरका रूपमा चार पाङ्ग्रे गाडी (ट्याक्सी) समेत भाडामा उपलब्ध गराउने भएको छ ।

कम्पनीले राइडर तथा यात्रुको लागि सात लाख रुपैयाँसम्मको बीमा सुविधा ल्याएकाे छ । 

यसअघि कम्पनीले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा यस्तो सेवा सञ्चालनमा ल्याइसकेको छ । चाँडै नै कोशी र गण्डकीमा सेवा विस्तार गर्ने कम्पनीको योजना छ ।

पछिल्लो अध्यावधिक: चैत २९, २०८० १५:२७