close

राम्रोसँग कसरी प्रयोग गर्ने जेम्नाई एआई ? यस्तो छ गुगलले प्रकाशित गरेको 'प्रोम्प्टिङ गाइड'

टेकपाना टेकपाना

चैत ३०, २०८० २०:७

राम्रोसँग कसरी प्रयोग गर्ने जेम्नाई एआई ? यस्तो छ गुगलले प्रकाशित गरेको 'प्रोम्प्टिङ गाइड'

काठमाडौं । गुगलको जेम्नाई च्याटबट जस्तै लागे पनि तपाईंले राम्रोसँग प्रयोग गर्न तपाईंले प्रभावकारी रूपमा प्रोम्प्ट तयार पार्ने तरिका थाहा पाउन जरुरी हुन्छ । यो क्षेत्रमा सबै जना विज्ञ हुँदैनन् । त्यसैले यो विषयमा मद्दत पुर्‍याउने गरी गुगलले भर्खरै क्र्याश कोर्सको रूपमा ४५ पृष्ठ लामो हाते किताब प्रकाशित गरेको छ । 

"प्रोम्प्टिङ गाइड १०१" नाम दिइएको यो म्यानुअल खासगरी जेम्नाई प्रयोगका क्रममा व्यावसायिक प्रयोगकर्ताको सहयोग पुर्‍याउने गरी डिजाइन गरिएको छ । गुगल वर्कस्पेसलाई दिमागमा राखेर तयार पारिएको भए पनि यसमा दिइएका टिप्सले औसत प्रयोगकर्तालाई समेत सहयोग पुर्‍याउन सक्छ । 

यो गाइड कार्यकारी, उद्यमी, मानव संसाधन, ग्राहक सेवा, मार्केटिङ, प्रोजेक्ट मेनेजमेन्ट र बिक्री सहित केही पेसाकर्मीमा केन्द्रित छ । तपाईंले आफ्नो प्रोम्प्ट तयार पार्ने विषयमा सोच्दै गर्दा चार ओटा मापदण्डमा ध्यान दिनुपर्ने कुरा यो हाते पुस्तिकामा चर्चा गरिएको छ ।

  • पर्सोना (Persona): तपाईं को हो

  • टास्कः एआईले के गरिदेओस् भन्ने चाहनु हुन्छ (समराइज अर्थात् सारांश, टोन परिवर्तन, आदि)

  • कन्टेक्स्टः विस्तृत विवरण दिनुहोस् ।

  • फर्म्याटः बुलेट पोइन्ट, क्यारेक्टर सङ्ख्याको सीमा, आदि
     

यहाँ तलको अंशमा तपाईंले प्रोम्प्टमा चार ओटा विवरण समावेश भएको देख्न सक्नु हुन्छः 

यो हाते पुस्तिकाले प्रोम्प्ट "पूर्ण विचार पूरा वाक्यमा" प्राकृतिक तवरमा लेखिएको हुनुपर्ने उल्लेख गरेको छ । कुनै पनि प्राप्त नतिजाको विषयमा फलो-अप प्रोम्प्टसहित फलो अप गर्न पनि यसले सल्लाह दिएको छ ।
कम्पनीका अनुसार "सबैभन्दा सफल प्रोम्प्ट औसतमा करिब २१ शब्द" को हुन्छ । अन्तिममा यसले प्रयोगकर्तालाई प्राप्त नतिजालाई "स्पष्टता, सान्दर्भिक र सत्यता" सुनिश्चितताका लागि समीक्षा गर्न सावधान समेत गराएको छ ।

हाते पुस्तिकाको अन्त्यमा प्रयोगकर्ताका लागि केही अतिरिक्त टिप्स समेत दिइएका छन्ः

  • विभाजन गर्नुहोस्ः यदि तपाईं वर्कस्पेसमा जेम्नाईबाट सम्बन्धित विभिन्न कामहरू पूरा होस् भन्ने चाहनु हुन्छ भने, तिनलाई छुट्‍टाछुट्‍टै प्रोम्प्टमा विभाजन गर्नुहोस् ।

  • सीमितता निर्धारण गर्नुहोस्ः निश्चित नतिजा तयार पार्न आफ्नो प्रोम्प्टमा क्यारेक्टरको सङ्ख्या अथवा तपाईंले चाहेका विकल्पहरूको सङ्ख्या जस्ता विवरणहरू समावेश गर्नुहोस् ।

  • जिम्मेवारी तोक्नुहोस्ः सिर्जनशीलतालाई बढावा दिनका लागि जिम्मेवारी तोक्नुहोस् । यसका लागि तपाईं आफ्नो प्रोम्ट "तपाईं ठुलो विज्ञापन एजेन्सीको क्रियटिभ डिपार्टमेन्टको प्रमुख हो..." भन्ने जस्तो भाषाबाट सुरु गर्न सक्नु हुन्छ ।

  • प्रतिक्रियाका लागि अनुरोध गर्नु होस्ः gemini.google.com मा जेम्नाईसँगको कुराकानीमा आफूले उसलाई एउटा प्रोजेक्ट दिइरहेको कुरा भन्नुहोस्, आफूसँग भएका सम्पूर्ण विवरण तथा तपाईंलाई थाहा भएका कुरा समावेश गर्नुहोस् र आफूले नतिजाको रूपमा चाहेको विषयबारे बयान गर्नुहोस् । "राम्रो नतिजा प्रदान गर्ने कार्यमा सहयोग पुग्नेगरी मेरो लागि तिमीसँग केके प्रश्नहरू छन् ?" जस्ता प्रश्नहरू सहित कुराकानीलाई निरन्तरता दिनुहोस् ।

  • टोनलाई विचार गर्नु होस्ः तपाईंका लक्षित व्यक्तिहरूलाई सुहाउँदो हुनेगरी अनि सामग्रीका लागि चाहेको टोन व्याख्या गरी आफ्नो प्रोम्प्ट गाँस्नुहोस् ।

  • त्यसलाई अर्को तरिकाबारे पनि बताउनु होस्ः यदि त्यसले तपाईंको अपेक्षा सम्बोधन गर्न सकेन अथवा सुधार गर्नुपर्ने ठाउँ खाली छ भने तपाईंको प्रोम्प्टलाई फाइन-ट्युन गर्नुहोस् । समीक्षा गर्ने र परिष्कृत गर्ने कार्यले पक्कै पनि राम्रो नतिजा दिन्छ । 

यो केवल प्रोम्प्टिङ गाइड हाते पुस्तिकामा समेटिएका छन् भन्ने सन्दर्भमा सङ्क्षिप्त दृश्यावलोकन मात्र हो । तपाईंले यहाँ क्लिक गरी गाइड डाउनलोड गरेर आफैं त्यसमा रहेका सम्पूर्ण विषयवस्तु नियाल्न सक्नु हुनेछ । 

 

पछिल्लो अध्यावधिक: चैत ३०, २०८० २०:७