close

वेब भर्सनमा पनि आयो ट्रुकलर

टेकपाना टेकपाना

बैशाख १, २०८१ १४:६

वेब भर्सनमा पनि आयो ट्रुकलर

काठमाडौं । कलर आईडी एप ट्रुकलरले आफ्नो वेब भर्सन सार्वजनिक गरेको छ । फोन एपमा भएका केही फिचर सहित ट्रुकलरले वेब भर्सन ल्याएको हो ।

हाल ट्रुकरलरको वेब भर्सनमा एसएमएस एन्ड च्याट मिररिङ, कल नोटिफिकेसन, नम्बर सर्च जस्ता फिचर छन् । कम्पनीका अनुसार यस वेबसाइट विभिन्न वेब ब्राउजर र म्याकबाट समेत चलाउन सकिन्छ ।

ट्रुकलरको वेब भर्सन एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । आगामी दिनमा आईओएसका लागि पनि ल्याउने कम्पनीको याेजना छ । 

वेब भर्सन उपलब्ध भएसँगै एन्ड्रोइड प्रयोगकर्ताले अब आफ्नो डिभाइसमा भएको एपसँग लिङ्क समेत गर्न सक्नेछन् । जुन काम ह्वाट्सएप र टेलिग्रामको मोबाइल एप र डेस्कटप एप लिङ्क गरे सरह हुनेछ ।

यद्यपि ट्रुकलरले वेब भर्सनमा एक्टिभ वेब सेसनको समय सीमित गरेको छ । त्यस्तै यदि प्रयोगकर्ताले साइन इन गरेर ३० दिन सम्म नचलाए स्वतः लगआउट हुने व्यवस्था छ । साथै प्रयोगकर्ताले कुनै पनि समयमा लिङ्क गरेको डिभाइस छुटाउन सक्नेछन् । 

ट्रुकलरको वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८१ १४:१६