close

अब विन्डोज ११ को स्टार्ट मेनुमा विज्ञापन देखिने

टेकपाना टेकपाना

बैशाख १, २०८१ १८:४१

अब विन्डोज ११ को स्टार्ट मेनुमा विज्ञापन देखिने

काठमाडौं । विन्डोज ११ को स्टार्ट मेनुमा अब विज्ञापन देखिने भएको छ । माइक्रोसफ्टले विन्डोज ११ को​ स्टार्ट मेनुको रेकमेन्डेड सेक्सनमा विज्ञापन परीक्षण गरेको हो । 

आजकल त्यस भागमा डिभाइसमा भएका फाइल र माइक्रोसफ्ट स्टोरका एपको रेकमेन्डेसन देखिन्छ । अब भने त्यस भागमा विज्ञापन देखिने छ । अहिले अमेरिकाभित्रका विन्डोज इन्साइडरका बेटा च्यानलमा त्यसरी विज्ञापन देखिने छ । संघसंस्थाले व्यवस्थापन गरिरहेका कमर्सियल डिभाइसमा भने विज्ञापन देखिने छैन ।

माइक्रोसफ्टले विज्ञापनको यो सेटिङ डिफल्ट रूपमै अन गर्न चाहेको देखिन्छ । तर विन्डोज ११ को सेटिङ भित्रबाट एप प्रोमोसन डिसेबल गर्न भने सकिन्छ ।

हाल माइक्रोसफ्टले यसका लागि प्रयाेगकर्ताबाट प्रतिक्रिया खोजिरहेको छ । त्यसरी आउने प्रतिक्रियाका आधारमा कम्पनीले एप प्राेमोसन हटाउन पनि सक्छ । 

यद्यपि माइक्रोसफ्टले विन्डोज ११ मा विज्ञापन देखाउन प्रयास गरेको याे पहिलो पटक होइन । यसअघि पनि माइक्रोसफ्टले विन्डोज ११ को बेटा भर्सनको परीक्षण दौरान फाइल एक्सप्लोरर विज्ञापन देखाएको थियो । तर नकारात्मक प्रतिक्रिया आएपछि माइक्रोसफ्टले फाइल एक्सप्लोररमा विज्ञापन देखाउन बन्द गरेको थियो । 

विन्डोजभित्र भने माइक्रोसफ्टले विज्ञापन देखाउन थालेको १० वर्ष बढी भइसकेको छ । हाल विन्डोज १० को लक स्क्रिन र स्टार्ट मेनुमा माइक्रोसफ्टले विज्ञापन देखाइरहेको छ । यसकारण विन्डोज ११ मा विज्ञापन देखिनु कुनै नौलो कुरा भने होइन । यो कुरा विन्डोज टेस्टरहरुको हातमा निर्भर हुने देखिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८१ १८:४९