close

कोरोनाबाट बच्न बिजुलीको बिल अनलाइनबाटै तिर्न विद्युत प्राधिकरणको आग्रह

टेकपाना टेकपाना

चैत ३, २०७६ २०:२९

कोरोनाबाट बच्न बिजुलीको बिल अनलाइनबाटै तिर्न विद्युत प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नोबल कोरोनाभाइरस (कोभिड-१९) संक्रमण फैलिन नदिने सतर्कताको रुपमा अनलाइन भुक्तानीमा जोड दिएको छ । सोमबार एक परिपत्र जारी गर्दै प्राधिकरणले नेपाल समेत उक्त भाइरसको उच्च जोखिमको सूचीमा रहेको भन्दै सतर्कता स्वरुप विद्युत महशुल अनलाइनबाटै भुक्तानी गर्न जोड दिएको हो ।

प्राधिकरणले त्यसका लागि सेवाग्राहीलाई अनलाइन भुक्तानी माध्यमबाट बिजुलीको बिल तिर्न प्रोत्साहन गर्ने समेत जनाएको छ ।उसले परिपत्रमा लेखेको छ, ‘प्राधिकरणका कर्मचारी, ग्राहक तथा सरोकारवालाहरुलाई समेत उक्त भाइरसको संक्रमणबाट बच्नको लागि… सतर्कता अपनाउनुका साथै रोकथाम तथा सुरक्षाको लागि नेपाल सरकार र सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले जारी गर्ने सुरक्षा र रोकथाम सम्बन्धी निर्देशनहरु समेत अनिवार्य रुपमा पालना गर्नु गराउनु हुन जानकारी गराइन्छ ।’

बढी जनसम्पर्क हुने कार्यमा खटिने कर्मचारीहरुले विशेष सुरक्षा तथा सतर्कता अपनाई कार्य गर्ने, जनसम्पर्क गर्ने स्थान र कर्मचारी यकिन गरी एकद्धार प्रणाली मार्फत ग्राहक एवम् सरोकारवाला पक्षसँग सम्पर्क गर्ने व्यवस्था गरिने प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१