close

कोरोनाका बावजूद पहिलो त्रैमासिकमा १.४ प्रतिशतले बढ्यो ह्वावेको आम्दानी

टेकपाना टेकपाना

बैशाख ९, २०७७ १८:४३

कोरोनाका बावजूद पहिलो त्रैमासिकमा १.४ प्रतिशतले बढ्यो ह्वावेको आम्दानी

एजेन्सी । ह्वावेले सन् २०२० को पहिलो त्रैमासिक आर्थिक प्रतिवेदन सार्बजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको आम्दानी १.४ प्रतिशतले वृद्धि भएको छ ।

कोरोनको कारण विश्व अर्थतन्त्रमा देखिएको असरका बावजूद पनि ह्वावेले यो सफलता हात पार्न सफल भएको हो । कम्पनीले सन् २०२० को पहिलो त्रैमासिकमा कुल १८२.२ बिलियन चिनियाँ युआन अर्थात ३१ खर्ब ६९ अर्ब ९८ करोड २७ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्न सफल भएको छ । जसमा कम्पनीको खुद नाफा ७.३ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो आम्दानी उसको लक्ष अनुसार नै हो । विश्वभर कोभिड १९ को प्रकोप फैलिरहेको अवस्थामा पनि ह्वावेले आफ्ना कर्मचारीलाई सुरक्षाको प्रत्याभुती प्रदान गर्दै सक्रिय रुपमा आफ्नो उत्पादन र सप्लाई नेटवर्कलाई निरन्तरता दिएको थियो । जसको प्रतिफल यो सफलता हात पार्न सकिएको कम्पनीले जनाएको छ ।

कोरोना भाइरसको प्रकोप फैलिएसँगै ह्वावेले आफ्नो साझेदार कम्पनीमार्फत फाइभजी र एआईमा आधारित विभिन्न मेडिकल एप्लिकेसन निमार्ण गरि सञ्चालनमा ल्याएको छ । त्यतिमात्रै नभएर कम्पनीले प्रकोपको समयमा जीवन रक्षा गर्ने उदेश्यले कम्युनिकेसन प्रविधिमाथिको आफ्नो विज्ञतालाई भरपुर सदुपयोग गरिरहेको जनाएको छ ।

ह्वावेले निमार्ण गरेको एआईमा आधारित कोरोना भाइरस डाइग्नोसिस सोलुसनले सीटी स्क्यान रिभ्युको समयलाई १२ बाट घटाएर दुई मिनेटमा झार्न सफल भएको छ । जसले चिकित्सकहरुको डायग्नोस्टिक स्पिडलाई बढाउन मद्दत गरेको कम्पनीको दावी छ ।

यस्तै फाइभजीमा आधारित रिमोट भिडियो कन्सल्टेसनले फ्रन्टलाइन एक्सपर्टको अभावलाई कम गरिरहेको उल्लेख छ । कम्पनिका अनुसार ह्वावेले निमार्ण गरेको एआईमा आधारित थर्मल इमेजिङ डिभाइसले मानिसको तापमान मापन गर्न र सार्वजनिक क्षेत्रमा संक्रमण रोकथामको गतिलाई रोक्न सहयोग पु¥याएको छ ।

साथै ह्वावेले विभिन्न देश र संस्थाहरुलाई मास्क, टेस्ट किट र अन्य सुरक्षित उपकरणहरु आवश्यकता अनुसार उपलब्ध गराइरहेकाे जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३