close

नेपालका लागि समुद्री इन्टरनेट पहुँचको विकल्प खोज्दै प्राधिकरण

टेकपाना टेकपाना

असार १, २०७७ १४:५५

नेपालका लागि समुद्री इन्टरनेट पहुँचको विकल्प खोज्दै प्राधिकरण

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सोझै समुद्री इन्टरनेट कनेक्सनको विकल्प खोज्दै आएको छ । भर्खरै आगामी आर्थिक वर्षका लागि वार्षिक कार्यक्रम तय गरेको प्राधिकरणले आगामी वर्षसम्म त्यस्तो विकल्पको पहिचान गरिसक्ने लक्ष लिएको हो ।

कार्यक्रम अनुसार आगामी फागुनसम्म समुद्री इन्टरनेटसम्मको नेपालको सोझो पहुँच स्थापित गर्ने विकल्पको खोजी गर्ने परामर्शदाताको टुंगो लागिसक्नेछ । जसले आगामी असार मसान्तसम्म नियामकलाई विभिन्न विकल्प सहितको प्रतिवेदन बुझाउनेछ ।

यसरी एक वर्षभित्रमा समुद्री इन्टरनेट केवल अर्थात सबमरिन केवलसम्म नेपालको सोझो पहुँच स्थापित गराउने सन्दर्भमा संभाव्य विकल्पको पहिचान गर्ने प्राधिकरणको लक्ष रहेको छ । त्यसका लागि ३० लाख रुपैयाँ बजेट समेत विनियोजना गरिएको छ ।

चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा समेत रहेको यो योजनामा प्राधिकरणले अहिलेसम्म कुनै कार्य अगाडि बढाउन भने सकेको छैन । यद्यपी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेपछि मात्र यो वार्षिक कार्यक्रम कार्यान्वयनमा आउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०