close

डेटा सुरक्षा सम्बन्धी कार्यक्रम गर्दै वूमन ईन बिग डेटा, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

साउन ३, २०७७

डेटा सुरक्षा सम्बन्धी कार्यक्रम गर्दै वूमन ईन बिग डेटा, यसरी हुनुहोस् सहभागी

काठमाडौं । वूमन ईन बिग डेटाले १९ आइतबार ‘बेल्ट योर डेटा’ विषयमा भर्चुअल प्यानल डिस्कसन आयोजना गर्ने भएको छ । जूम प्लेटफर्ममा आयोजना हुने उक्त भर्चुअल कार्यक्रममा नेपालमा घटेका डेटा चोरीका मामिलाहरुमा रहेर ज्ञान र तथ्य शेयर गरिने बताइएको छ । 

आइतबार दिउँसो दुई बजेदेखि चार बजेसम्म आयोजना हुने उक्त भर्चुअल कार्यक्रममा पाँच सय जनाको सहभागीता रहने आयोजकको अपेक्षा छ । कार्यक्रममा डेटा साइन्टिस्ट तथा एजुकेसन को-अर्डिनेटर दोभान राई, इमिनेन्स वेजका प्रबन्ध निर्देशक नारायण कोइराला र सूचना सञ्चार प्रविधि कानून विज्ञ प्रविन सुवेदी गरी तीन प्यानेलिस्ट रहने संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा सहभागीहरुले सम्बन्धित विषयमा प्यानलिस्टहरुसँग प्रश्न राख्नुका साथै वान टु वान डिस्कसन गर्न समेत सक्ने बताइएको छ । कार्यक्रममा नेपालका घटेका पछिल्ला डेटा ब्रिचका मामिलाहरुमाथि विश्लेषण हुनेछ । यदि तपाईं पनि यो कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ भने यहाँ क्लिक गरेर फाराम भर्न सक्नुहुनेछ । 

डेटा साक्षरता तथा सचेतना अभिवृद्धिमा प्रवर्द्धन गर्ने  उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो । वुमन ईन बिग डेटा ‘बिग डेटा तथा एनालिटिक्स’ क्षेत्रमा प्रतिभाशाली महिलाहरुलाई आकर्षित गर्ने उद्देश्यका साथ सन् २०१५ मा अमेरिकामा स्थापना भएको संस्था हो । बिग डेटाको नेपाल च्याप्टर भने गत मे महिनामा मात्रै सार्वजनिक भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९