close

सामाजिक सञ्जालमा कोरोनाबारे अफवाह फैलाउने २ जना पक्राउ

टेकपाना टेकपाना

भदौ २६, २०७७ १८:३४

सामाजिक सञ्जालमा कोरोनाबारे अफवाह फैलाउने २ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कोभिड १९ बारे अफवाह फैलाएको भन्दै दुई जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल मार्फत कोभिड-१९ को पीसीआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा प्रहरीले दुवैलाई पोखराबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका-७ घर भई हाल कास्की पोखरा महानगरपालिका-५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका-४ घर भई कास्की पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल रहेका छन् । रिमाललाई बुधबार तथा लम्साललाई बिहीबार आ-आफ्नै घर ठेगानाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड-१९ पीसीआर परीक्षण गरेका रिमालको रिपोर्टलाई उनीहरू दुवै जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी झुट्टा अफवाह फैलाएको प्रहरीको आरोप छ । पक्राउ परेका दुवै जना विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०