close

सर्वसाधारणमा शेयर जारी गर्ने तयारीमा वर्ल्डलिङ्क

टेकपाना टेकपाना

भदौ ३०, २०७७ १६:०

सर्वसाधारणमा शेयर जारी गर्ने तयारीमा वर्ल्डलिङ्क

काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क लिमिटेडले सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ ।

कम्पनीको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल पत्रकार सम्मेलनका क्रममा कम्पनीका अध्यक्ष दीलिप अग्रवालले यसको जानकारी गराएका हुन् ।

अबको तीन वर्षमा कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्ने उनले बताए । त्यसको तयारी स्वरुप पहिलो चरणमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भइसकेको उनले जनाए ।

२५ वर्षअघि अमेरिकाबाट बोकेर आएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट कम्पनी सुरु भएको थियाे ।

याे पनि पढ्नुहाेस् : वर्ल्डलिंकको २५ वर्षे यात्रा, यसरी बन्यो देशकै ठूलो इन्टरनेट कम्पनी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०