close

निःशुल्क रुपमा लिनक्स सिक्नेको संख्या १० लाख नाघ्यो, तपाई‌ं पनि लिने की ?

टेकपाना टेकपाना

असोज १६, २०७७ ८:५९

निःशुल्क रुपमा लिनक्स सिक्नेको संख्या १० लाख नाघ्यो, तपाई‌ं पनि लिने की ?

काठमाडौं । हामी धेरैलाई थाहा नै होला लिनक्स माइक्रोसफ्ट विण्डोज जस्तै एउटा अपरेटिङ सिस्टम हो । विण्डोजको विकल्पको रुपमा धेरैजसो व्यक्ती तथा संघसंस्थाले कम्प्युटर तथा ल्यापटपमा लिनक्स कै प्रयोग गरिरहेका हुन्छन् ।

सुरक्षाको हिसाबले विण्डोज भन्दा लिनक्सलाई बढी विश्वास गरिने भएकाले पनि यसको प्रयोग बढिरहेको छ । यही सिस्टममा आधारित रहेर कम्पनीले लामो सयमदेखि विभिन्न कोर्ष विश्वव्यापी रुपमा निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

लिनक्स फाउण्डेसनले सञ्चालनमा ल्याएको ‘इन्ट्रोडक्सन टु लिनक्स’ ट्रेनिङ कोर्षमार्फत ट्रेनिङ लिनेको संख्या १० लाख नाघिसकेको उल्लेख गरिएको छ । फाउण्डेसनले भर्खरैमात्र छैटौं सिरिजका रुपमा नयाँ कोर्षको सुरुवात गरेको छ ।

कोर्षको छैटौं सिरिज सुरु हुँदा यसमा सहभागी हुनेको संख्या १० लाख नाघेको उल्लेख गरिएको छ ।उक्त कोर्षले विद्यार्थीलाई ग्राफिकल इन्टरफेस र कमाण्ड प्रयोग गरेर लिनक्सका विभिन्न डिस्ट्रुविसनमा काम गर्ने मद्दतत पुर्‍याउँछ ।

यो कोर्षले अनुभव र शैक्षिक योग्यता बिना नै आईटी उद्योगमा काम गर्न चाहनेलाई मद्दत पुर्‍याउँदै आएको छ । ‘यसरी निःशुल्क रुपमा ट्रेनिङ प्रदान गर्नुको उद्देश्य ओपन सोर्स कम्युनिटीमा अझ धेरै ट्यालेन्ट भित्र्याउनु हो,’ लिनक्स फाउण्डेसनका निर्देशक जिम जेमलिन भन्छन,

‘जसले चाहान्छ उसलाई निःशुल्क रुपमा गुणस्तरीय तालिम प्रदान गर्दा त्यसको रिजल्ट पनि सरकारात्मक आउँछ भन्ने हो ।’

यहाँ क्लिक गरी लिनक्सको निःशुल्क कोर्षका लागि भर्ना हुन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०