close

दशैंमा कनेक्ट आईपीएसबाटै दक्षिणा, साथमा दैनिक एक हजारको गिफ्ट भौचर जित्ने मौका

टेकपाना टेकपाना

असोज २९, २०७७ २१:१२

दशैंमा कनेक्ट आईपीएसबाटै दक्षिणा, साथमा दैनिक एक हजारको गिफ्ट भौचर जित्ने मौका

काठमाडौं । दशैंको अवसरमा कनेक्ट आईपीएसका प्रयोगकर्ताले आफ्ना आफन्तहरुलाई डिजिटल दक्षिणा पठाउन पाउने भएका छन् ।

दशैंलाई क्यासलेस तथा डिजिटल भुक्तानीबाट मनाउनका लागि कनेक्ट आईपीएसले ‘“मनाऔं दशैं १५ दिनै कनेक्ट आईपीएस सँगै’ अभियान सञ्चालन गर्ने भएको छ । 

यस अभियान अन्तर्गत कनेक्ट आईपीएसले १० भाग्यशाली विजेतालाई १५ दिनसम्म प्रत्येक दिन एक हजार रुपैयाँको गिफ्ट भौचर पनि जित्ने अवसर दिएको छ । 

आफ्ना आफन्तहरुलाई डिजिटल दक्षिणा पठाउन प्रयोगकर्ताहरुले कनेक्ट आईपीएसमा रहेको ‘ट्रान्सफर डिजिटल दक्षिणा’ टयाबमा क्लिक गर्नु पर्दछ ।

यसपछि आफूले चाहेको रकम कनेक्ट आईपीएसको मोबाइल एपबाट प्रापकलाई पठाउन सकिनेछ । दैनिक विजेताको नाम एनसीएचएलको आधिकारिक पेजबाट घोषणा हुनेछ । 

यदि तपाईं कनेक्ट आईपीएस सिस्टमको प्रयोगकर्ता हुनुहुन्न भने बैंकबाट वान टाइम भेरिफिकेसन वा बैंक अकाउन्टको सेल्फ भेरिफिकेसन गरी कनेक्ट आईपीएसको सिस्टममा दर्ता हुनु पर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३