close

फास्ट चार्जिङ फिचरसहित एप्पल वाच सिरिज ७ सार्वजनिक

टेकपाना टेकपाना

भदौ २९, २०७८ २३:३९

फास्ट चार्जिङ फिचरसहित एप्पल वाच सिरिज ७ सार्वजनिक

काठमाडौं । बहुप्रतिक्षित एप्पल वाच सिरिज ७ सार्वजनिक भएको छ ।

एप्पलले फास्ट चार्जिङ फिचरसहित विभिन्न पाँच आल्मुनियम कलरमा एप्पल वाच सार्वजनिक गरेको हो ।

एप्पल वाच सिरिज ६ को तुलनामा फराकिलो स्क्रिन एरिया रहेको यो नयाँ सिरिज अहिलेसम्मका एप्पल वाचभन्दा निकै बलियो बताइएको छ ।

नयाँ डिजाइन भएपनि यसले पुराना ब्याण्ड पनि सपाेर्ट गर्ने कम्पनीले जनाएकाे छ । साथै नयाँ सिरिजकाे एप्पल वाचले ई-बाइक फिचर पनि सपाेर्ट गर्ने भएकाे छ ।

यसको मूल्य ३९९ अमेरिकी डलरदेखि माथि छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१