close

पुराना फोनमा पनि अब एन्ड्रोइड इलेभेनको प्राइभेसी फिचर

टेकपाना टेकपाना

असोज २, २०७८ १०:७

पुराना फोनमा पनि अब एन्ड्रोइड इलेभेनको प्राइभेसी फिचर

​​कठमाडौं । एन्ड्रोइड इलेभेनमा रहेको प्राइभेसी फिचर अब पुराना फोनमा पनि उपलब्ध हुने भएको छ । ‘पर्मिसन’ नामक यो प्राइभेसी फिचरले कुनै एपले प्रयोगकर्ताको फोनमा रहेको संवेदनशील डेटामा पहुँच माग्दा स्वतः रुपमा रोक्छ । 

यो फिचरले प्रयोगकर्ताको मोबाइलमा रहेको, तर महिनौंसम्म प्रयोग नभएका एपले क्यामेरा वा फोटोजस्ता डेटामा पहुँच मागेमा रोक्ने काम गर्छ । गुगलले यो फिचर एन्ड्रोइड इलेभेन सपोर्ट नगर्ने पुराना फोनमा पनि उपलब्ध हुने जानकारी गराएको छ ।

गत वर्ष एन्ड्रोइड इलेभेन सार्वजनिक हुँदा यो फिचरलाई समावेश गरिएको थियो । तर, यो फिचर अब एन्ड्रोइड सिक्स वा त्योभन्दा पछिको एन्ड्रोइड संस्करण चल्ने सबै फोनमा उपलब्ध हुनेछ ।

यो कदमले सन् २०१५ पछि सार्वजनिक भएका अर्बौं मोबाइल डिभाइसमा यो फिचर चलाउन सकिने गुगलको विश्वास छ ।

प्रयोगकर्ताको फोनमा इन्स्टल भएको, तर महिनौंसम्म पनि प्रयोग नभएका एपले मोबाइलमा भएको संवेदनशील डेटामा पहुँच नपाऊन् भनेर यो फिचरको डिजाइन गरिएको यिो ।

गुगलका अनुसार गुगल प्ले स्टोर रहेका एन्ड्रोइड सिक्स वा सोपछिको अपरेटिङ सिस्टम चल्ने फोनमा यो फिचर केही समयपछि स्वतः सुरु हुने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१