close

भेनेजुएलाले डिजिटल करेन्सी सार्वजनिक गरेसँगै बिटक्वाइनको मूल्य अकासियो

टेकपाना टेकपाना

असोज १७, २०७८ ११:१८

भेनेजुएलाले डिजिटल करेन्सी सार्वजनिक गरेसँगै बिटक्वाइनको मूल्य अकासियो

काठमाडौं । भेनेजुएलाको केन्द्रीय बैंकले डिजिटल करेन्सीको सुरुवात गरेसँगै बिटक्वाइन, इथेरियम जस्ता डिजिटल करेन्सीको मूल्य अकासिएको छ । बिटक्वाइनको मूल्य ३ प्रतिशत वृद्धि हुँदै ४४ हजार ५३७ डलर पुगेको छ ।

त्यस्तै मार्केट क्यापका आधारमा विश्वकै दोस्रो ठुलो क्रिप्टोकरेन्सी इथेरियमको मूल्य २.३ प्रतिशतले वृद्धि भएको जनाइएको छ । यसअघि भेनेजुएलाको केन्द्रीय बैंकले अक्टोबर देखी डिजिटल करेन्सी सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सोही आधारमा भेनेजुएलाको केन्द्रीय बैंकले एसएमएसमा आधारित डिजिट करेन्सीको सुरुवात गरेको छ । त्यो सँगै बिटक्वाइन तथा इथेरियमको मूल्य अकासिएको हो ।

यसका साथै गत शुक्रबार अमेरिकाको फेडरल रिजर्भका अध्यक्षलाई क्रिप्टो करेन्सीको प्रतिवद्धका विषयमा प्रश्न सोधिएको थियो । उक्त प्रश्नको जवाफमा उनले क्रिप्टोकरेन्सी माथि कुनै प्रतिवद्ध नहुने जवाफ दिएका थिए । त्यसका प्रभाव पनि डिजिटल करेन्सीको मूल्यमा देखिएको छ । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५