close

यसरी गर्नुहोस् आईफोन १३ को प्रि-बुकिङ

टेकपाना टेकपाना

कात्तिक ४, २०७८ १६:३३

यसरी गर्नुहोस् आईफोन १३ को प्रि-बुकिङ

काठमाडौं । नेपाली बजारमा एप्पलको पछिल्लो उत्पदन आईफोन १३ सिरिजको प्रि-बुकिङ सुरू भएको छ । आईफोनका लागि नेपालस्थित आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालिले आईफोन १३ का चार मोडलका विभिन्न १४ स्टोरेज भेरियन्टमा प्रिबुकिङ खुलाएको हो ।

ग्राहकले आईएमई पे वालेटमार्फत आफूले चाहेको आईफोन मोडल अर्डर गर्न सक्नेछन् । प्रि-बुक गरेका ग्राहकका लागि कम्पनीले कात्तिक १२ देखि आईफोन डेलिभरी गर्ने जानकारी दिएको छ ।

साथै कम्पनीले आईफोन अर्डर गर्ने ग्राहकलाई ३० हजार मूल्य बराबरको विभिन्न अफर उपलब्ध गराउने घोषणा गरेको छ ।

त्यस्तै कम्पनीले एक वर्षका लागि निःशुल्क ब्रेकेज इन्स्याेरेन्स सुविधा र सबै माेडलमा एक वर्षकाे वारेन्टी प्रदानसमेत गरेकाे छ ।

कसरी गर्ने प्रि-बुकिङ ?

  • मोबाइलमा यसअघि आईएमई पे (IME Pay) एप छैन भने एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गरी एप डाउनलोड गर्नुहोस् ।
  • मागिएकाे विवरण समावेश गरी ‘आईएमई पे’ का लागि आफ्नो अकाउन्ट बनाउनुहोस् ।
  • अब एपको होमस्क्रिनमा रहेको फि पेमेन्ट (Fee Payment) अप्सनमा ट्याप गरी आईफोन १३ प्रि-बुक-जि नेक्स्ट (iPhone 13 Pre-book -GNEXT) मा ट्याप गर्नुहोस् ।
  • अब आफ्नाे नाम, फोन नम्बर, ईमेल एड्रेस, पिकअप लोकेशन,आईफोन मोडल र एडभान्स पेमेन्ट (रू. ९,९९९) राखी अगाडि बढ्नुहोस् ।

कसको मूल्य कति ?

मोडलमूल्य
आईफोन १३ मिनी (१२८ जीबी)१,२०,९००/-
आईफोन १३ मिनी (२५६ जीबी)१,३७,९००/-
आईफोन १३ मिनी (५१२ जीबी)१,७१,९००
आईफोन १३ (१२८ जीबी)१,३७,९००/-
आईफोन १३ (२५६ जीबी)१,५४,९००/-
आईफोन १३ (५१२ जीबी)१,८९,९००/-
आईफोन १३ प्रो (१२८ जीबी)१,७४,९००/-
आईफोन १३ प्रो (२५६ जीबी)१,८९,९००/-
आईफोन १३ प्रो (५१२ जीबी)२,२४,९००
आईफोन १३ प्रो (१ टीबी)२,५५,९९०
आईफोन १३ प्रो म्याक्स (१२८ जीबी)१,८९,९००/-
आईफोन १३ प्रो म्याक्स (२५६ जीबी)२,०५,९००/-
आईफोन १३ प्रो म्याक्स (५१२ जीबी)२,३९,९९०/-
आईफोन १३ प्रो म्याक्स (१ टीबी)२,७४,९९०

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२