close

पब्जीको ग्लोबल च्याम्पियनशिपमा छानियो नेपाली टिम ‘डीआरएस’, कुल पुरस्कार राशी ७२ करोड

टेकपाना टेकपाना

कात्तिक ७, २०७८ १७:२८

पब्जीको ग्लोबल च्याम्पियनशिपमा छानियो नेपाली टिम ‘डीआरएस’, कुल पुरस्कार राशी ७२ करोड

काठमाडौं । नेपालको चर्चित पब्जी मोबाइल टिम डीआरएस गेमिङ पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) मा छनौट भएको छ ।

पब्जीको दक्षिण एसियाली प्रतिस्पर्धा पब्जी मोबाइल प्रो लिग सिजन ३ र सिजन ४ बाट प्राप्त कुल अंकका आधारमा डीआरएस पहिलो हुँदै ग्लोबल च्याम्पियनशिपमा छनौट भएको डीआरएसका हेड अफ अपरेशन्स संगीन भट्टराईले बताए ।

डीआरएसले दक्षिण एसियाली क्षेत्रमा दुई सिजन गरी कुल १३०२ अंक पाएको थियो ।

नोभेम्बर ३० देखि चार हप्तासम्म सञ्चालन हुने यो ग्लोबल च्याम्पियनशिपको कुल पुरस्कार राशी ६० लाख अमेरिकी डलर (करिब ७२ करोड रुपैयाँ) रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१