close

भाटभटेनीमा अब क्यूआर कोडबाट कारोबार, ग्राहकलाई थप २५ प्रतिशत रिवार्ड प्वाइन्ट

टेकपाना टेकपाना

कात्तिक ११, २०७८ १३:४३

भाटभटेनीमा अब क्यूआर कोडबाट कारोबार, ग्राहकलाई थप २५ प्रतिशत रिवार्ड प्वाइन्ट

काठमाडौं । भाटभटेनी सुपरमार्केटमा क्यूआर कोड भुक्तानी सेवा सुरु भएको छ । प्रभु बैंकसँगको सहकार्यमा भाटभटेनीले ग्राहकका लागि क्यूआर कोड सेवा ल्याएको हो ।

बिहीवार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो सेवाको उद्घाटन गरे । सो अवसरमा बोल्दै गभर्नर अधिकारीले नगदरहित समाज बनाउने अभियानमा राष्ट्र बैंकको निरन्तर प्रोत्साहन रहने भनाइ राखे ।

क्यूआर कोडबाट भुक्तानी गर्दा समयको बचतसँगै सुरक्षित कारोबारसमेत हुने उनकाे भनाइ छ ।

साथै क्यूआर कोडबाट भुक्तानी गर्ने व्यक्तिहरुको डेटाबेस बैंकले राख्ने र यसको कारोबारको आधारमा पछि बैंकहरुहले बिनाधितो ऋणसमेत प्रदान गर्नसक्ने उनले बताए ।

क्यूआर कोड भुक्तानी सेवा सुरू भएको अवसरमा भाटभटेनीले ग्राहकलाई २५ प्रतिशत रिवार्ड दिने घोषणा गरेको छ ।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरूङले क्यूआर कोडबाट भुक्तादी गर्दा हरेक कारोबार पाउने रिवार्ड प्वइन्टमा थप २५ प्रतिशत भाटभटेनीले थपिदिने बताए ।

मोफसलका सपरमार्टेकमा पनि क्यूआर कोड प्रणााली सुरू गर्ने जानकारी दिँदै उनले दुई वर्षभित्र ७५ प्रतिशत कारोबार क्यूआर कोडबाट गराउने योजना रहेकाे जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१