close

गण्डकी प्रदेशमा १३ लाखले चलाउँछन् इन्टरनेट र मोबाइल बैंकिङ

टेकपाना टेकपाना

कात्तिक २६, २०७८ १८:५७

गण्डकी प्रदेशमा १३ लाखले चलाउँछन् इन्टरनेट र मोबाइल बैंकिङ

काठमाडौं । गण्डकी प्रदेशमा सक्रिय मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताको संख्या करिब १३ लाख पुगेको छ । नेपाल राष्ट्र बैंकले गत असार मसान्तसम्मको तथ्यांकलाई समावेश गर्दै हालै गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त प्रतिवेदन अनुसार २०७८ असार मसान्तसम्म गण्डकी प्रदेशमा  इन्टरनेट र मोबाइल बैंकिङमा आबद्ध हुनेको संख्या १७ लाख १४ हजार ९ सय छ । जसमा इन्टरनेट बैंकिङ तर्फ  ७० हजार पाँच सय ४७ जना आबद्ध छन् भने मोबाइल बैंकिङमा आबद्ध संख्या १६ लाख ४४ हजार तीन सय ५४ छ ।

त्यसमध्ये मोबाइल तथा इन्टरनेटमा सक्रिय प्रयोगकर्ता संख्या १२ लाख ८७ हजार ४ सय ४६ छन् । जसमा ५० हजार ८ सय १६ जना इन्टरनेट बैंकिङ र १२ लाख ३६ हजार ७ सय २८ सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२