close

कम्प्युटरबाटै टिकटक लाइभ गर्न सकिने फिचर परीक्षण हुँदै

टेकपाना टेकपाना

पुस २, २०७८ १९:२०

कम्प्युटरबाटै टिकटक लाइभ गर्न सकिने फिचर परीक्षण हुँदै

काठमाडौं । यदि तपाईं टिकटकको सक्रिय प्रयोगकर्ता हुनुहुन्छ र टिकटकमा लाइभ बस्न मनपराउनुहुन्छ भने खुशीको खबर छ ।

टिकटकले कम्प्युटरबाट पनि लाइभ बस्न मिल्ने गरी नयाँ फिचरको परीक्षण गरिरहेको छ । कम्पनीले विन्डोजमा सपोर्ट गर्ने एप ‘टिकटक लाइभ स्टुडियो’ को परीक्षण गरिरहेको छजनाएको छ ।

एपको सहायतामा प्रयोगकर्ताले कम्प्युटरबाटै टिकटक अकाउन्टमार्फत लाइभ बस्न सक्नेछन् ।

मोबाइलमा जस्तै डेक्सटपबाट गरिने लाइभमा पनि प्रयोगकर्ताले गिफ्ट फिचर, कमेन्ट बक्स र कि–वर्ड फिल्टर आफ्नो ईच्छा अनुसार अन वा अफ गर्न मिल्ने बताइएको छ ।

हाल सीमित प्रयोगकर्तामाझ् यो फिचरको परीक्षण भइरहेको र चाँडै नै यो फिचर सबै प्रयोगकर्ताको लागि उपलब्ध हुने टिकटकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२