ट्रेन्डिङ:
आइडिया स्टुडियोको छैठौं संस्करण सुरु, यसरी दिनुहोस् आवेदन सानिमा बैंकको दशैं बम्पर योजना टेकपाना विक्ली टेक अपडेट, ३० माघ, २०७७ अमेरिकामा वीच्याट प्रतिबन्ध भए चीनले एप्पलका उत्पादन बहिष्कार गर्ने देशभर मोबाइल र इन्टरनेटको गुणस्तर मापन गर्दै प्राधिकरण मोबाइलमा छिटो नेपाली टाइपिङ गर्ने सजिलो तरिका फेसियल भेरिफिकेसन प्रविधि प्रयोग गर्ने पहिलो देश बन्यो सिंगापुर जिमेलका उपयोगी १० टिप्स, जसले अन्त्य गर्नेछ तपाईंको झन्झट नेपाली विद्यार्थीले बनाए बिजुलीबाट चल्ने व्हीलचेयर, सिंगल चार्जमा ४५ किलोमिटरसम्म गुड्ने यी इथिकल ह्रयाकर, जो बग पत्ता लगाउँदै मनग्गे पैसा कमाउँछन्
close

आइडिया स्टुडियोको छैठौं संस्करण सुरु, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

पुस १६, २०७८

आइडिया स्टुडियोको छैठौं संस्करण सुरु, यसरी दिनुहोस् आवेदन

काठमाडौं । स्टार्टअप व्यवसायिक सोचहरूलाई परामर्श देखि व्यवसाय सञ्चालन सम्म सहयोग गर्ने उद्देश्यले सुरु भएको आइडिया स्टुडियोको छैठौं संस्करणको लागि आवेदन आजबाट खुल्ला गरिएको छ ।

कुनै पनि व्यवसाय एउटा सोचबाट सुरु हुने र सो सोचलाई हुर्काउन आवश्यक छ भन्ने सोच सहित आइडिया स्टुडियो नेपालले सन् २०१६ देखि स्टार्टअप व्यवसायहरूलाई सहयोग गर्दै आएको छ । आइडिया स्टुडियो नेपालका कार्यकारी निर्देशक क्षिरिङ लामाका अनुसार यो वर्ष पनि स्टार्टअपका विभिन्न नयाँ सोचहरूलाई प्रोत्साहन गर्ने उद्देश्य सहित छैठौं संस्करणको लागि आवेदन खुल्ला गरिएको हो ।


यस अन्तर्गत आइडिया स्टुडियो नेपालले सहभागीहरूलाई उनीहरूको व्यवसायको लागि परामर्श दिने, स्रोत साधनहरू जुटाइदिने, काम गर्ने वातावरण बनाइदिनुका साथै लगानीको अवसरहरू सिर्जना गरिदिने कामहरू गर्नेछ । यो वर्ष करिब ३५ वटा व्यवसायहरूलाई व्यवसायिक सहयोग गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक लामाले जानकारी दिएका छन्। सहभागी टोली मध्ये मेड इन नेपाल, सोसल इम्प्याक्ट, हाई फ्लाइङ र ग्रिनोभेशन गरी चारवटा क्याटगोरीका व्यवसायिक सोचहरू लगानीको लागि योग्य हुनेछन् ।

इच्छुकहरूले यहाँ गएर आवेदन दिनसक्नुहुन्छ ।